अचानक हंगकंग सरकारको प्रोटोकल बिभागबाट कल आउँदा, थापा तीन छक्क

ब्रिजिखबर । साच्चै हङ्कङ नेपाली समाजलाइ नियालेर हेर्ने हो भने हंगकंगको नेपाली समाजको भविस्य अत्यन्तै अन्योल छ, शुन्य छ अर्थात् यहाँ नेपालीहरुको अवस्था दु:ख नै छ। हाम्रो पहिलो पुस्ता जो बेलायत आर्मी थिए, उहा हरुले बिर गोर्खाली भनेर चिनाए । त्यसैको ब्याज दोश्रो पुस्ताले खाईरहेका छन । दोश्रो पुस्तामा पढे लेखेका बुद्धिजिबिहरु पनि छन, तर उनिहरु पट्क्कै समाज मा देखिंन चाहन्नन ।   कतिपय बुद्धिजिबिहरु जसले संघ संस्थाको मुल्य र मान्यता बुझेकाहरु पनि संस्थामा आबद्ध छैनन ।    यो बिषयमा थापा चिन्तित भएको बताउनु हुन्छ। नेपाली समाज लाई उच्छ पुराउन निरन्तर संगठन मा लागिरहेका एम बि थापा यती बेला खुशी छन । हङकङ स्थापना दिवसको दिन घोषणा गरी चीनको राष्ट्रिय       दिवसको दिन प्रदान गरिने सम्मान लिस्टमा थापाको नाम प्रकाशित गरिएको छ । पुर्खौली घर स्याङजा भइ बुटवलका ४९ वर्षीय थापा २० वर्ष अघि यहाँ आएका हुन् । विभिन्न संघसंस्थामा सक्रिय उनी सबै भन्दा ठूलो पार्टी डेमोक्रेटिक एलायन्स फर बेटरमेन्ट एण्ड प्रोग्रेस अफ हङकङ (डीएबी)का सदस्य हुन् । नेपाल आदिवासी जनजाती महासंघ हङकङका निवर्तमान अध्यष मैनबहादुर थापालाई चिफ एक्जिक्युटिभ्स कमेन्डेसन फर कम्युनिटि सर्भिसबाट सम्मानित भएका छन । उनी मेम्बर अफ वर्किङ ग्रुप अन इथ्निक अफेयर्स अफ याउचिममोङ डिस्ट्रिक काउन्सिलका सदस्य समेत रहेका छन् । गृह मामिला विभागको विभिन्न समितिमा बसेर कार्य गरिरहेका थापा यसअघि विभिन्न निकायहरुबाट सम्मानित भइसकेका छन् । मगर संघ तथा क्षेत्रीय संघसंस्थाको नेतृत्व गरिसकेका थापाले हङकङ सरकारको सम्मानबाट सामाजिक कामका लागि उर्जा मिलेको बताए । अहिलेसम्म उक्त सम्मानबाट सम्मानित हुने १२ जना नेपालीमा ८ जना डीएबीका सदस्यहरु रहेका छन् । थापालाई यहाँ सम्म ल्याई पुर्याउनु हुने सम्पूर्ण नेपाली समाज, संघ सस्था, पत्रकार, बुद्धिजिबी र सहयोगी मित्रहरु लाई धन्यवाद प्रकट गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *