अन्तररास्ट्रिय जनमुक्ति सम्मेलनमा भाग लिन आउनु भएका प्रतिनिधिहरुलाई स्वागत

जनमुक्ती ब्युरो काठमाण्डौ ।

राष्ट्रिय जनमुक्ति पार्टी प्रवास शाखा “जनमुक्ति मञ्च” कतार, साउदी, ईजराइल र बेलायतवाट विश्व जनमुक्ति सम्मेलनका लागि प्रतिनिधिहरु नेपाल आईपुग्नु भएको छ ।

अध्क्ष्य के पि पालुङ्वा ज्युले सम्बोधन गर्दै ।

उँहाहरुलाई आज पार्टी संघीय परिषदको कार्यालय धोविघाट, ललितपुरमा पार्टी संघीय परिषदका अध्यक्ष के.पी. पालुङवा, महासचिव केशव सूर्यवंशी, वरिष्ठ उपाध्यक्ष यम बहादुर बुढाथोकि, उपाध्यक्ष एवं प्रवास विभाग प्रमुख कमला थापा, उपमहासचिव एवं संगठन विभाग प्रमुख राम परियार, सचिव पदम जवेगु, संघीय परिषद सदस्य धनकेशर सूर्यवंशी, के.वि पुन, साँस्कृतिक विभाग प्रमुख होमलाल पुनले स्वागत गर्नु भएको छ । स्वागत गरी सकेपछि “जनमुक्ति मञ्च” कतार, साउदी, ईजराइल र बेलायतका प्रतिनिधिहरुले पार्टी अध्यक्ष र महासचिव लगायतका सँग केही समय छलफल गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *