अविरल वार्षासँगै आएको बाढीले भक्तपुर डुबानमा

२८ असार, भक्तपुर । अविरल वार्षासँगै आएको बाढीले भक्तपुर डुबानमा परेको छ । हनुमन्ते, खसाङखुसुङ र मनहरा खोला आपवासका थुप्रै बस्ती डुबेका छन् । लगातार वर्षापछि आएको बाढीले भक्तपुर जलमग्न भयो । बाग्मती नदीमा पानीको सतह बढेपछि नदी किनारमा रहेको सुकुम्बासी बस्तीमा पर्‍यो । बाढीले घरमा भएका समानहरु पनि बगाए । बुधबार रातिदेखि परेको पानीले उपत्यकामा जीवन अस्तव्यस्त बन्यो । भक्तपुरका विभिन्न भेगसँगै ललितपुर र काठमाडौंमा नदी किनारका बस्ती बाढीमा डुबे । बाढीले अस्तव्यस्त पारेको दुःख आफ्नै ठाउँमा थियो ।
प्रहरीका अनुसार वर्षासँगै चाँगुनारायण नगरपालिका ७ मझुवामा पहिरो जाँदा बुद्ध लामाको घर पुरिएर तीन जनाको मृत्यु भएको छ । ७० वर्षका हिरा लामा, ६५ वर्षका पानमाया र ३० महिनाकी सम्पदा लामाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार डुवानमा परेका १११ जनाको सुरक्षाकर्मीहरुले उद्दार गरेका छन् । उनीहरु मध्ये केही घाइते भएकाले अस्पताल समेत भर्ना गरिएको र उपचारपछि फर्किएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

बाढीका कारण ५० घर टहरामा आंशिक क्षती भएको छ भने ५०० परिवार विस्तावित भएका छन् । यस्तै घरमा पानी पसेका कारण अन्नवाली लगायतका जिन्सी सामानमा क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *