अव आईसीसीले गर्दैछ नेपाली क्रिकेटलाई ब्याण्ड

काठमाण्डौ । चरम राजनीतिक हस्तक्षेप, पदको लोभ, स्टर्लिङ पाउण्डमाथिको लुछाचुँडी, आफ्नाहरुलाई नै पदमा राख्नु पर्ने घिनलाग्दो खेलले नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ क्यान यस्तो नराम्रो विवादमा फस्न पुग्यो ।

जस्को कारण भारत, पाकिस्तान, बंगलादेश त के क्रिकेटका दर्जनौ हस्ती भनाउँदा मुलुकलाई हराउँदै नेपाली खेलाडीले चुल्याएको शानमा समेत ग्रहण लाग्ने स्थिति आइपुग्यो ।
यही विवाद र चरम राजनीतिक हस्तक्षेपले बदनाम बनेको नेपाली क्रिकेटलाई नेपाली खेलाडीहरुको स्वतः स्फुर्तरुपमा जुराएको जोशले बचाएको थियो । तर क्रिकेटका लागि विश्वको सर्वोच्च संस्था इन्टरनेशनल क्रिकेट काउन्सिल आइसीसीलाई राजनीति रुच्दैन, विवाद देख्न पनि मान्दैन ।
यही कारण नेपालको क्रिकेटलाई आइसीसीले गत बर्षको वैशाखमा निलम्बन ग¥यो । यसैबीच पनि क्रिकेटमा उदाउँदो एउटा मुलुकको नाताले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुन बन्देज लगाएन, बाँकी हिसाबकिताब सबैमा भने चुकुल लगाइदियो ।

नेपाली क्रिकेटले आफ्नो स्वाधीनता यही गुमाउँदा पनि पीडाबोधसहित रमाउनु पर्ने एउटा ठाउँ रह्यो । तर नेपाली क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा भने प्रतिबन्धित भएन् । स्वाधीनता गुमाएको कस्तो स्वाद हो यो ?

यसपछि पनि विवाद मिलाउ, राजनीतिक नगर, आइसीसीको चार्टर अनुरुप अघि बढ्दै विधान सच्याऊ भनेर आइसीसीले बारम्बार भन्यो तर कस्ले सुन्ने ?
आइसीसीको आदेशलाई अटेर गर्नेहरुको कारण नेपालको क्रिकेटमा डरलाग्दो अवस्थामा पुगेको छ यतिखेर ।

आइसीसीले तिमीहरुको सदस्यता कायम राख्नु पर्ने कारण के भन्दै मागेको प्रष्टीकरणको जवाफ नेपालले गत डिसेम्बर २२ मा दिएको छ तर त्यस्को जवाफ कस्तो आउला यही डरले सबै क्रिकेटप्रेमी नेपाली काँपीरहेका छन् यतिखेर ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *