अस्ट्रेलिया मा जनमुक्ति को भेटघाट। थापा प्रमुख अथिति

अस्ट्रेलिया । अष्ट्रेलियाको सिड्नी स्थित टेम्पे पार्कमा राष्ट्रिय जनमुक्ति पार्टीको बिदेश साखा ” जनमुक्ति मञ्च अष्ट्रेलिया ” ले अायोजना गरेको भेटघाट तथा अन्तर्कृया कार्यक्रम मा पार्टी का केन्द्रिय सदस्य तथा प्रबास ब्युरो हुम बहादुर थापा (पचभैया) को प्रमुख उपस्थिती मा पार्टी को आन्तरिक तथा भाबी रणनिति र पार्टी लाई मुलुकै तेस्रो शक्ति को रुपमा स्थापित गर्न सिड्नि स्थिती घनिभुत छलफल भएको छ। उक्त कार्यक्रममा अस्ट्रेलिया मा सकृय राजनिती दल तथा जातिय संस्था र ब्यबासयिक तथा बुद्धिजीवी हरुको उपस्थिती रहेको थियो। भेटघाट कार्यक्रम मा बोल्दै थापाले  पार्टी समसमायिक विषय प्रस्तुत गर्नु भएको थियो। प्रदेश तथा प्रतिनिधि सभाको निर्बाचन को परिणामले नेताकार्यकर्ता हरुले राम्रो पाठ सिकेको र थप उर्जा मिलेको बताउनु भयो । हामी हारेका छैनै झन खारिएर जनमुक्ती लाई बलशाली बनाउन निरन्तर यहि अभियान मा लागि परेका छौ । उत्पीडन जाती समुदाय र बर्ग को मुक्ती र समृद्ध नेपाल निर्माण को लागि हामी पुन एक ढिक्का हुन जरुरी छ, जनमुक्ति यो महाअभियान मा जुट्न पार्टी ले अन्तर्राष्ट्रिय जनमुक्ति मंच आधिकारिक रुपमा नै स्थापित गरि सकेको छ। मंचमा आबद्ध हुन थापाले बिशेष आग्रह गर्नु भयो। उक्त कार्यक्रम कि आयोजना गर्न बिशेष भूमिका निभाउनु हुने मित्र चित्र तुम्बाहाम्फे ज्यु र पार्टीका अध्यक्ष चिराग प्रधान प्रति विशेष अाभार प्रकट गर्नु भयो। भेटघाट कार्यक्रम मा अादिबासी जनजाति मञ्च अष्ट्रेलियाका बर्तमान, अध्यक्ष अरूण तामाङ , निबर्तमान अध्यक्ष एबं संघीय समाजबादी फोरम अष्ट्रेलियाका अध्यक्ष गणेश तामाङ,राई या योख्खा अष्ट्रेलियाका अध्यक्ष सन्तोश राई , मगर समाज अष्ट्रेलियाका अध्यक्ष नवीन राना मगर, तमु समाजका लिल गुरूङ अष्ट्रेलियामा कार्यरत बरिष्ठ ईन्जिनियर परभास राई लगाएतका विशिष्ट ब्याक्तित्व ज्युहरू को उपस्थथिति  रहेेेेको थियो।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *