आगो र आगलागीबाट बच्ने उपायहरु – गम बयम्बु मगर

आगो ताप उत्पन्न गर्ने एक वस्तु हो। आगो बल्नको लागि तीन तत्वहरु, ताप, तापले जल्ने वस्तुहरु र अक्सिजनको उतिकै भुमिका रहन्छ। यी तीन तत्वहरु मध्ये एक तत्वको अभावमा आगो बल्न वा आगो बन्न सक्दैन। अर्थात आगो ताप, ईन्धन र अक्सिजन तीनै तत्वहरु मिलेर बलेको हुन्छ।
हाल सम्म विश्वमा गरिएका आगो सम्बन्धी अध्ययनले अमेरिकन/ब्रिटिस स्टान्डार्ड अनि युरोपियन स्टान्डार्ड गरी दुई स्टान्डार्ड बनाएकोछ। ती स्टान्डार्डहरुले आगो बल्ने  पदार्थ (ईन्धन) को आधारमा वर्गिकरण गरी देखाएका छन्।
(क) अमेरिकन तथा ब्रिटिस स्टान्डार्ड अन्तर्गत
(१) ठोस पदार्थमा (२) तरल र ग्याँस पदार्थमा
(३) ईलेक्ट्रिकल उपकरणमा (४) मेटालिक (धातुयुक्त)
     पदार्थमा
(ख) युरोपियन स्टान्डार्ड अन्तर्गत
(१) ठोस पदार्थमा (२) तरल पदार्थमा
(३) ग्याँस पदार्थमा  (४) मेटालिक (धातुयुक्त) पदार्थमा  (५)ईलेक्ट्रिकल उपकरणमा
ठोस पदार्थमा (Solid):
ठोस पदार्थमा लाग्ने आगो कागजहरु,काठ,दाउरा,कपडा, प्लाष्टिक आदिमा लाग्ने आगो हुन्।
तरल पदार्थमा (Liquid):
पेट्रोल,डिजेल, मट्टितेल, तेल,ग्रीज आदिमा लाग्ने आगो हुन्।
ग्याँस पदार्थमा(Gases):
एल.पी.ग्यास, हाईड्रोजन, नाईट्रोजन लगायतका ग्याँस जन्य पदार्थमा लाग्ने आगो हुन्।
ईलेक्ट्रिकलमा (Electrical):
विद्युतिय उपकरणहरुबाट उत्पन्न हुने आगोहरु। गलत करेन्ट प्रवाह, वेल्डिङ् आदिबाट लाग्ने आगो हुन्।
मेटालिक(धातुयुक्त) पदार्थमा (Metalic):
कडा धातुहरुमा लाग्ने आगो म्याग्नेसियम,सोडियम, लिथियम आदिमा लाग्ने आगो हुन्।
विकासित मुलुकहरुको ठुला,अग्ला विल्डङ्ग,टावर र आपार्टमेन्टहरुमा आगो पत्ता लगाउने देखि अउटोमेटिक आगो निभाउने सिस्टमहरु सेट गरिएका हुन्छन्। माथि देखाइएका वर्गीकरण अनुसार कुन वर्गको आगो हो पत्ता लगाउन सजिलो हुन्छ। त्यसरी नै वर्ग हेरेर आगोलाई निभाउने सामाग्रीहरुको पनि विकास गरिएकोछ। यसले सम्बन्धित वर्ग अनुसारको सामार्गी प्रयोगले छिटो र सजिलो संग आगोलाई नियन्त्रण गर्नमा पद्दत मिल्छ। आगो निभाउनको लागि पानी,सुख्ख पौडर, कार्बोनडाईक्साईड, फोअम (फिँज) वेटकेमिकल पौडर आदि सामाग्रीहरु छन्। विकासित देशहरुमा हाल यही सामाग्रीहरु आगो निभाउनमा प्रयोग भैईरहेकोछ।
मानिसको दैनिक जीवनमा आगो आवश्यक पर्ने वस्तु हो। आगो आफैमा नराम्रो वस्तु होईन। सही तरिकाले प्रयोग गर्न जानेमा यसले मानव जीवनमा धेरै फाईदाहरु पुर्याउने गर्दछ। मानिसको दैनिक जीवनलाई सरल र सहज पारी दिन्छ। तर आगो प्रयोगमा सानो लापर्वाहीका कारण यति गुणकारी वस्तुले नै मानव जिन्दगीलाई खरानी पारेर जोगीको रुपमा  गाँस न बासको अवस्थामा समेत पुर्याउन सक्छ। आगोले न  धनी भन्छ न त गरीब नै। न अनपढ न त बुध्दिमानी नै। यसको जल्दो उदाहरण हो अमेरिका, युरोप र रुस जस्ता संसारलाई हल्लाउन सक्ने शक्तिशाली देशहरुमा हुने भिषाण आगलागी! त्यहाँको जंगलमा महिनौ सम्म आगो नियन्त्रण गर्न नसकेर आगलागी हुनु। त्यसैले आगोको सही तरिकाले प्रयोग गर्नु नै बुध्दिमानी हुनेछ।
चैत र बैशाख खडेरीले वातावरण सुख्ख हुने समय हो। नेपालमा पनि आगलागी कै कारण वर्षेनी धन जनको क्षति हुने र हजारौं मान्छेहरु घरबार विहीन भएर विस्थापित हुनु परेका छन्। वन जंगल डढेर सखाप भैई लाखौंको क्षति भएको उदाहरण विगतले देखाई सकेकोछ। हाम्रो मुलकमा  विकासित मुलुकहरुमा जस्तो आगो नियन्त्रत्रणको सिस्टमहरु पनि पर्याप्त छैन। अर्को पक्ष यहाँ आगो लागी हालेमा कसरी नियन्त्रन गर्ने? कसरी बच्ने र बचाउने ? भन्ने सीपहरुको जानकारी त्यति गराएको पाइदैन। प्रयोगात्मक रुपमा हेर्दा जसरी ठुला अभिभावकले प्रयोग गरे त्यसरी नै देखासिकीको आधारमा घर देखि वन सम्म जहाँ आवश्यक पर्छ त्यसरी नै आगोको प्रयोग गर्दै आईरहेको पाईएकोछ। अर्को अभिभावकको सानो लापर्वाहीका कारण साना बालबालिकाहरुलाई आगोको बारेमा सचेतना दिन ध्यान नदिनु र उनीहरुले भेटाउने ठाउँमा सलाई,लाईटर जस्ता आगो जन्य सामानहरु छोड्नु अनि उनीहरुले नजानेर नबुझेरै यसको प्रयोग गर्दा पनि नचिताउँदो आगलागीको घट्ना हाम्रो सामु आई पर्दछ।
आगोको बारेमा सोंच्दा सामान्य लाग्छ तर यसले दर्दनाक दुर्घट्ना पनि ल्याउन सक्छ। त्यसैले दुर्घट्नामा परेर पछुताउनु भन्दा दुर्घट्ना हुनबाट बच्नु र बचाउनु नै बुध्दिमानी हुन्छ। हाम्रो दैनिक जीवनमा आगो चाहिन्छ नै। यसबाट हुने दुर्घटनाबाट बच्नलाई आगोको प्रयोग नै नगर्ने भन्ने त सम्भव नहोला। बरु कसरी यसको प्रयोग गर्ने? के गर्दा दुर्घट्ना हुनबाट बच्न सकिन्छ ? आगलागी भैई हालेमा कसरी नियन्त्रण गर्ने? आफु बचेर अरुलाई कसरी बचाउने? यो पक्षमा ज्ञान हासिल गर्न सकेमा राम्रो हुनेछ।
आगो र आगलागीको सचेतना घरबाटै शुरु गर्नु आवश्यक देखिन्छ। साना बालबालिकाहरुलाई आगो नखेलाउन सम्झाई बुझाई गर्ने। आगो जन्य सामानहरु उनीहरुले नभेट्ने ठाउँमा राख्ने। चुरोट तमाखु तान्ने बानी छ भने जहाँ त्यही प्रयोग नगर्ने। चुरोट सल्काउन सलाई,लाईटर,आगोको छेस्को प्रयोग गरेर राम्ररी निभाउने र चुरोटको ठुँटालाई राम्ररी निभाउने। कतै खेतबारीमा स्याउला,सोठ्ठर र फोहोर जलाउनु परेमा अरु ठाउँमा आगो नफैलिने ठाउँ रोज्ने। भान्छा कोठामा लुगा कपडाहरु,आगो टिप्न सक्ने सामानहरु नराख्ने। भान्छामा खाना बनाउदैछ भने कतै आगो टिपी हालेमा निभाउनको लागि पानी र बाक्लो कपडाको टुक्रा तयारी अवस्थामा राख्ने। ग्याँस सिलिण्डरबाट खाना पकाउने  गरेकोछ भने प्रयोग पछि राम्रोसंग वन्द गर्ने। वन जंगलमा जहाँ त्यही आगो नबाल्ने। आगोको प्रयोग सकिए पछि राम्ररी निभाउने। घर भित्र वा बाहिर जोडिएका विद्युतीय तारहरु नाङ्गो रहेको देखिएमा विजुलीको काम जानेका व्यक्तिलाई बोलाएर सही जडन गराएर करेन्ट लाग्नबाट या आगलागी दुर्घट्नाबाट बचाउन सकिन्छ।
तपाई हाम्रो गाउँ समाजमा विभिन्न समूह,संघ सस्थाहरु रहेका छन। जस्तै आमा समूह,बाल क्लव,युवा क्लव,वडा समिति,टोल सुधार समिति आदि। ती समूहहरुको बैठक गर्दा सयम सापेक्षित विषय अन्तर्गत आगो र आगलागीको विषय मा छलफल गर्ने। आगोबाट हुन सक्ने दुर्घट्नाको वारेमा पोस्टर, होडिङ्गबाोर्ड बनाएर टोल तथा चोकहरुमा राख्ने। यसरी पनि जनसमुदायमा सचेतना फैलाउन सकिन्छ।
यदि तपाईको नजिकै आगलागी भएको देख्नु भयो। सानो छ   सुरुवाट हुँदैछ भने नहडबडिनुस्। तर आगो बढिहाल्यो भने तपाईं बच्नको लागि बाटोहरु पत्ता लगाउनुहोस्। दायाँ बायाँ को छन् सहयोग माग्नुहोस्। तपाईको नजिक आगो निभाउने सामानहरु सेट गरेकोछ त्यो सिस्टमहरु प्रयोग गर्न आउँछ भने त्यसैले निभाउनुहोस्। तर सिस्टम छैन भने पानी,माटो, बालुवा प्रयोग गरेर या पानीमा भिजाएको बाक्लो कपडाले ढाक्नुहोस्। आगोका तीन तत्वहरु ताप,तापले जल्ने वस्तुहरु र अक्सिजन मध्ये कुनै एक तत्वलाई त्यहाँबाट बिच्छेद गराउन सक्नु नै आगो नियन्त्रणमा ल्याउनु हो। तर आगो ठुलो भएर बढिसक्यो भने नजिकैको प्रहारी चौकी,दमकल, प्रशासन,गा.पा. वन कार्यालय जस्ता सम्बन्धित जिम्मेवार निकायहरुमा खबर गर्नुहोस्। तपाईको आसपासमा रहेका अरुलाई पनि त्यहाँबाट बाहिर निस्कन अर्थात आगोबाट बच्नको लागि सल्लाह दिनुहोस्। तपाईको छिमेकीहरुलाई बोलाएर सहयोग माग्नुहोस् र आगो नियन्त्रण गर्ने पक्षमा लाग्नुहोस्। एउटा कुरा ख्याल गर्नुहोस् यदि तपाईं लिफ्ट वाला अग्लो बुल्डिङ्गमा हुनुहुन्छ भने आगलागी भएको समयमा कहिल्यै पनि लिफ्टको प्रयोग नगर्नुहोस्। यो समयमा विद्युतीय करेन्ट प्रवाहको गडबडीले थप दुर्घट्ना हुने सम्भावना रहन्छ। आगलागी भएमा सुरक्षित बाटोको रुपमा सिँडीको बाटो बनाएको हुन्छ। त्यो सिँडी हुँदै तल झर्नुहोस्। माथि उल्लेखित केही उपायहरु अपनाएको खण्डमा केही हद सम्म आगो लाग्नबाट वच्न सकिन्छ।
आगो र आगलागीबाट तपाईं पनि बच्नुछ र अरुलाई पनि बचाउनुछ। त्यसैले आगोलाई कहिल्यै सानो सोंच्नु हुँदैन। लापर्वाही कहिल्यै नगरौं। सानो लापर्वाहीले गर्दा पुरै घर खरानी हुन सक्छ। एक जनाको लापर्वाहीले गर्दा पुरै टोल, पुरै वन जंगल सखाप हुन पनि सक्छ। धन जनको क्षति अनि वन पैदावर, वन्य जन्तुहरु जल्न सक्दछ। लाखौंको क्षति व्योहोर्नु पर्छ। आगोलाई सही तरिकाले प्रयोग गरेर आगलागी दुर्घट्नाबाट बचाउन सकिन्छ। आगो र आगलागी सम्बन्धि सचेतना जगाउने अनि दुर्घट्ना हुनबाट बच्ने बचाउने तपाईं हामी सबैको जिम्मेवारी हो। आगोवारे आफु सचेत नबौं र अरुलाई पनि सचेत बनाऔं।
निस्दी गा.पा.-६ अर्चले,पाल्पा
Share
  • 8
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *