आदिबासी जनजातिको हक अधिकारको लागी तल्लो तहबाट नै आवज बुलन्द गर्नुपर्ने

कमला राना, नवलपुर।
आदीवासी आदिबासी जनजातिको हक अधिकारको लागी तल्लो तहबाट नै आवज बुलन्द गर्नुपर्ने आज कावासोतिमा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन ।

आदीवासी जनजातिहरुको धार्मिक एवं सास्कृतिक स्थलहरुको फोटो प्रर्दशनि तथा सास्कृति भेषभुषा पहीचान सहीतको झाकी प्रतियोगिताको साथै विभिन्न तालिममा सहभागिहरुलाइ प्रमाण पत्र वितरण कार्यक्रममा बोल्ने वतmाहरुले यस्तो बताएका हुन ।

नेपाल आदीवासी जनजाति नगर समन्व परीषद कावासोतिको आयोजनमा भएको कार्यक्रममा सस्थाका अध्यक्ष हिरालाल गुरौको अध्यक्षता तथा प्रदेश नम्बर ४का ससद रोशन बाहादुर गाहा मगर प्रमुख अतिथी रहनुभएको थियो ।

कार्यक्रममलाइ सम्बोधन गर्नुहुदै प्रमुख अतिथी ससद रोशन बाहादुर गाहाले सर्वप्रथम आदीवासी जनजातिले आफनो भेष भुषा परम्परा भुल्न नहुने बताउनुहुदै आफनो पहीचान र सस्कारलाइ जोगाइराख्नु आजको तड्कारो आवश्यकता रहेको बताउनुभयो ।

यसैगरी प्रदेश नम्बर ४मा आदीवासी जनजातिको बाहुल्यता रहेकोले आदीवासी जनजातिको थाकथलोलाइ सम्बोधन गर्नेगरी प्रदेशको नामाकरण हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल मगर संघ नवलपरासीका सल्लाहाकार कर्णेल धन बाहादुर मास्की राना मगर, बाबुराम राना मगर, नेपाल मगर संघ जिल्ला अध्यक्ष इन्द्र फाल मगर, नेपाल आदीवासी जनजाति माहासंघ जिल्ला समन्वय परीषदका का अध्यक्ष रामा व्लोन, नेपाल आदीवासी जनजाति महिला संघ अध्यक्ष खगिसरा गुरुङ, तमाङ घेदुङ संघका आश बाहादुर गोले, वरीष्ठ समाज सेवि नर बाहादुर ठाडा, लिला राना, देविसरा पुलामी लगाएत विभिन्न जातिय संघ सस्थाका प्रमुख एव प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कावासोति नगरपालिका भित्रका आदीवासी जनजातिहरुको झाकी प्रतियोगिता तथा आदीवासी जनजातिहरुको धार्मीक एव सास्कृतिक स्थलहरुको फोटो प्रदर्शन समेत गरीएको थियो ।

सस्थाका उपाध्यक्ष अर्जुन श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रमको सचालन सचिव मिन बाहादुर तामाङले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *