आदिबासी माथि भएका प्रोपोगाण्डा र ओली सरकार

पुरुषोत्तम_सुनुवार, हाल: कतार ।  सन्दर्भ २४ औ विश्व आदिबसी दिवस । सघीयता र पहिचानलाई पटक्कै नरुचाउने लोकतान्त्रिक गणतन्त्र नेपालका प्रधानमन्त्री खडग प्रशाद शर्माओली र पहिचानको मुद्दालाई बिशेष एजेन्डा बनाएर राजनीतिमा उच्चस्तरको छवी बनाउन सफल भएका पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजातिहरुको हक, अधिकार र पहिचानलाई मात्र नभएर आदिवासी जनजाति समुदाय बाट नाम चलेका नेताहरुलाई पनि एक पछि अर्को गर्दै थेप्च्याई थेप्च्याई पछार्दैछ ओली नेतृत्व सरकारले ।

सघीयता र लोकतन्त्रको लागी २०६२/६३ मा आन्दोलन चर्किदै गर्दा बयलगाडामा चडेर अमेरिका जानु र नेपालमा सघीयता आउनु एउटै कुरा हो भन्दै चर्को भासण दिने खडग प्रशाद २०७२ को संबिधान निर्माण पश्च्यात तत्कालीन एमाओवादी प्रचण्ड नेतृत्वको समर्थनमा पहिलो चोटी प्रधानमन्त्री हुन सफल भए। पहिलो चोटी प्रधानमन्त्री हुदैगर्दा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान माथी दह्रो आखा गाडे/निमिट्यान्न पार्ने भरपूर कोसिस गरे ।

२०७२ मा जारी संबिधानको मर्म अनुसार २०७४ को अन्तिम सम्ममा तिनै तहको निर्वाचन सम्पन्न गर्नु पर्ने योजना सरकारले बनाए संगै प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा सघीयता र पहिचानको एजेन्डालाई जोडदार उठाउछु भन्ने माओवादी केन्द्र र पहिचान बिरोधि एमाले ले पार्टी एकीकरणको मेन एजेन्डा बनाउदै चुनावी तालमेल पश्च्यात दुई तिहाइ बहुमतको सरकार निर्माण गर्न पनि सफल भए, तर पहिचानको एजेन्डालाई अडान राख्न खोज्ने माओवादी केन्द्रका जनजाति नेता गोपाल किरातीहरु जस्तालाई घर न घाटको बनाई दिए ।

सरकार निर्माण र मन्त्रीमण्डलको बिस्तार पछि पहिलो प्रहार आदिवासी जनजाति समुदायको अधिकारमा गरियो नेपालीहरुको राष्ट्रिय महान पर्व तथा बिशेष गरेर आदिवासी जनजाति समुदायहरुले मनाउदै आएको उभौली, उधौली, सोनाम ल्होछार, ल्होचार र मागीहरु जस्ता पर्वको राष्ट्रिय बिदालाई कटौती गर्दै सिमित समुदायको मात्र बनाउदै आदिवासी जनजातिहरु माथी केपी ओली सरकारले अन्याय गर्‍यो ।

दुईतिहाइको दम्भ देखाउदै पूर्ववर्ती सरकारले गरेको निर्णय शिक्षा र स्वास्थ सम्बन्धि बिधेकलाई उल्ट्याइदियो त्यही बहाना बाजिमा सरकार र प्रतिपक्ष बिच सदन देखी सडक सम्म जुवारी चल्न थाल्यो । त्यही जुवारीको मौका छोपी माओवादीका पूर्व लडाकु तथा अहिलेका व्यावसायिक मार्सी चामल दुर्गा प्रसाइले बंगलादेशमा अध्यन गर्न जाने छात्राहरु माथी करणी जस्ता जघन्य अपराधको अभियोग लगाउदै धावा बोल्न थाले र त्यसैलाई कपि गर्दै कानुनमन्त्री शेरबहादुर तमाङले पनि अभिव्यक्ति दिए । अन्ततः ति दुबै ब्यक्ति माथी सामाजिक संजाल, सन्चार माध्यम र सडकमा बिरोधको नारा जुलुस तातिन सुरुभयो । त्यही मौकालाई मध्यनजर गर्दै प्रधानमन्त्री ओलीले कानुनमन्त्री शेरबहादुर तमाङलाई राजिनामा दिन लगाए तर दुर्गा प्रसाईलाई कार्वाहिको निम्ती एक शब्द पनि खर्चेनन ।

सरकारको कमजोरी हुदाहुदै पनि प्रधानमन्त्रीको रबैया संग आजित भएर नेकपाका पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठले पार्टी प्रबक्ता बाट राजिनामा दिन बाध्य भए । अब पालो गृहमन्त्री रामबहादुर थापा बादलको आउदैछ । गृहमन्त्री हुदै गर्दा सुरुवातमा सुन तस्करी र यातायातको सिण्डिकेटलाई जरै देखी उखेल्छु भनेर लागी परेका मन्त्री रामबहादुर थापालाई बिचैमा हात झिक्न लगाइयो, सरकारले नै असफल बनाईदियो । अब विभिन्न बहाना बाजीमा गृहमन्त्री बाट रामबहादुर थापालाई कसरी हटाउने भनेर ओली र प्रचण्डले दिमाग लगाउदैछन ।

बामपंथी गठबन्धनको तालमेल हुदाहुदै पनि जनताले नरुचाएर निर्वाचन हारेका बामबेद गौतमलाई पुन निर्वाचित गराई गृहमन्त्री बनाउने हल्ला हुदैछ त कतै रक्षामन्त्री ईश्वर पोख्रेललाई नै गृहमन्त्री बनाउने सल्लाह हुदैछ । ढिलो चाडो मात्र यसरिनै क्रमश आदिवासी जनजाति समुदायका पहिचान र नेताहरुलाई थेप्च्याई रहने छ यो केपी शर्माओली नेतृत्वको सरकारले । बेलैमा चेतना होस ।

लेखक: पहिचानपक्षधर तथा आदिबासी अभियानता हाल, कतारमा कार्यरत हुनु हुन्छ । <purusunuwar@gmail.com>

Leave a Reply

Your email address will not be published. Required fields are marked *