आदिबासी लाई कानुनी सचेतना तालिम सम्पन्न

२० माघ, तिलोत्तमा ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलअ‍ो) ले स्वीकृत गरेको ‘आदिवासी तथा आदिम जातिहरुसम्बन्धी महासम्मेलनमा पारित भएको प्रस्ताव अनुसार ‘आदिवासी भन्नाले विद्यमान शासक समूहहरुभन्दा पहिले आएको र आफ्नो परम्परा, रितिरिवाज, संस्कार लगायत सामाजिक, सांस्कृतिक र आर्थिक रुपमा राज्यको मूल प्रवाहमा बेग्लै भएका तर शासित भएर रहनु परेकालाई” जनाउँछ। यसै सन्दर्भमा नेपाल मगर संघ वडा़ ईकाई समिति, ति.न.पा. १ को आयोजनामा “आदिवासी जनजाति महिलापुरुष लाई कानुनी साक्षरता सम्बन्धी तालिम” कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा आदिवासी जनजाति महिला संघ, तिलोत्तमा का स.सचिव राधिका श्रीस ज्युको प्रमुख आथित्यता रहेको थियो भने अध्क्षयता तिल बहादुर थापा ज्यु ल्र गर्नु भएको थियो । कार्यक्रमा, अधिवक्ता कमला पुन ज्यु सहजकर्ता गर्नु भएको थियो । स्थानिय आदिबासी हरु को बाक्लो उपस्थिती मा भब्यरुपमा सम्पन्न कार्यक्रम पत्रकार सोनु थापा ज्यु को उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन सह सचिव ईन्दु थापा ले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *