आदिवासी, जनजातिहरुले सांस्कृतिक पर्वहरुको विदा कटौति गर्ने निर्णय फिर्ता लिन माग गर्दै सरकारविरुद्ध प्रर्दशन

काठमाडौं । आदीवासी जनजातिहरुले मनाउदै आएको आ आफनो सास्कृतिक पर्वहरु तमुु ल्होसार, सोनमा ल्होछार, ग्याल्बो ल्होसार, उधौली उभौली, माघि माघे सक्रान्ती लगाएत चाडपर्वहरुमा दिइदै आएको सार्वजनिक विदालाइ देशव्यापी रुपमा कायम गर्नुपर्ने, प्रदेशको नमाकरण गर्दा पहीचानको आधारमा गरी त्यहा बोलीने भाषा लाइ सरकारी भाषाको मन्यता दिनुपर्ने लगाएत ज्ञापन पत्र बुझाई प्रदेश प्रमुख द्वारा सरकार लाई ध्यानाकर्षण गराइ सकेका थिए। विभिन्न जातीय संघ, संगठनमा आवद्ध नेता, कार्यकर्ताले शुक्रबार काठमाडौंको माईतीघर मण्डलमा प्रर्दशन गर्दै आफूहरुको सांस्कृतिक पर्वहरुको विदा कटौति गर्ने सरकारको निर्णय तत्काल फिर्ता हुनुपर्ने माग गरेका हुन । जनजाति सम्बद्ध संगठनहरुले माईतीघरमा प्रर्दशन गरेका छन् । आदिवासी, जनजातिहरुले सांस्कृतिक पर्वहरुको विदा कटौति गर्ने निर्णय फिर्ता लिन माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन् ।
त्यस क्रममा उनीहरुले आफूहरुको सांस्कृतिक पर्वको विदा कटौति गर्ने निर्णय फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन ।
सरकारले सांस्कृतिक पर्वलगायतका सार्वजनिक विदा कटौति गर्ने निर्णयको आदिवासी, जनजातिहरुले विरोध गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *