आदिवासी जनजाति पत्रकारहरुको अभिमुखिकरण तथा परीचयात्मक कार्यक्रम

कमला थापा । आदिवासी जनजाति पत्रकारहरुले आदिवासी समुदायका मुद्दाहरुलाई सकेसम्म धेरै समाचारका बिषयबस्तु बनाउनुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासँघ फोनिज नवलपरासी शाखाले शनिबार कावासोतीको हिकोडेफ सभाहलमा आयोजना गरेको अन्तरकृया तथा परिचयात्मक कार्यक्रममा बोल्ने बक्ताहरुले आदिवासी समुदायका मुद्दाहरु सम्बोधन गराउनका लागि कुनै पनि कन्जुस्याँइ नगरी आदिवासी जनजाति पत्रकारहरुले कलम चलाउनुपर्ने बताएका हुन् ।

कार्यक्रममा फोनिज नवलपुरका अध्यक्ष असीफ गुरुङको अध्यक्षता रहेको थियो भने नेपाल आदिवासी जनजाति महासँघ जिल्ला समन्वय परिषद नवलपुरका अध्यक्ष राम बहादुर ब्लोन तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि ब्लोनले आदिवासी समुदाय आफैँमा ज्ञानको भण्डार भएको बताउनुभयो । वहाँले आदिवासी समुदाय भित्र रहेका बिभिन्न प्रथा, परम्परा, मुल्य मान्यता ज्ञानको भण्डारका रुपमा रहेको र अन्य समुदायको भन्दा पृथक रहेकोले त्यसको दस्ताबेजीकरण गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्नुहुँदै लुम्बिनी आदर्श डिग्री कलेज कावासोतीका प्रिन्सीपल तथा नेपाल मगर सँघ नवलपुरका सल्लाहकार बाबुराम राना मगरले आदिवासी जनजाति समुदायका जनप्रतिनीधिहरु नै आदिवासी समुदाय प्रति उदासीन रहेको बताउनुभयो । आदिवासी जनजाति समुदायको मत प्राप्त गरेर बिजयी भएपनि उनीहरुले आदिवासी समुदायका हितमा केही पहल नगर्नुले यो कुराको पुष्टि हुने समेत वहाँले बताउनुभयो ।

त्यसैले आदिवासी समुदायका मुद्दा ओझेल पर्न सक्ने भन्दै अझै बढी सचेत र जागरुक हुन वहाँले आदिवासी जनजाति पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्ने क्रममा तमु ह्युल छोँज धीँ सुस्ता पुर्ब नवलपरासीका अध्यक्ष ललित बहादुर गुरुङले सम्बन्धित दलहरुबाट उपेक्षा भोग्नुपर्ने भएकोले आदिवासी समुदायका जनप्रतिनीधिहरु आदिवासी समुदायका मुद्दाप्रति उदासीन रहेको आरोप लगाउनुभयो ।

कार्यक्रममा नेपाल मगर सँघ जिल्ला कार्य समिति नवलपुरका अध्यक्ष इन्द्र फाल मगर, समाजसेबी छबिलाल राना , नेपाल आदिवासी जनजाति महासँघ नवलपरासीका पुर्ब अध्यक्ष रमिला भुजेल , समाजसेबी नर बहादुर ठाडा , प्रेम राना , नेपाल मगर सँघ नवलपुरका सँगठन सचिव शत्रुघन थापाले मन्तब्य राख्नुभएको थियो ।

त्यस्तै तमुह्युल छोँज धीँ नगर समितिका सचिव जँग बहादुर गुरुङ, तमुह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय सह कोषाध्यक्ष तौ बहादुर गुरुङ, पुर्ब जिल्ला अध्यक्ष बुद्धि बहादुर गुरुङ, कुमाल सुधार समाज नवलपरासीकी सल्लाहकार रितु कुमाल , थारु कल्याणकारीणी सभा नवलपरासीका अध्यक्ष गणेशमान महतो , आदिवासी जनजाति महासँघ नवलपरासीका उपाध्यक्ष प्रेम भुजेल , तमु ह्युल छोँज धीँ नवलपुरका बरिष्ठ उपाध्यक्ष जगतकाजी गुरुङ, हिरालाल गुरौ , प्रीतम भुजेल लगायतले पनि कार्यक्रममा मन्तब्य ब्यक्त गरेका थिए ।

प्रेमध्वज गाहाको स्वागत मन्तब्य रहेको कार्यक्रम फोनिज नवलपुरकी सचिव कमला राना मगरले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *