आदिवासी जनजाति महासंघको विरोध

 

कमला राना, नवलपरासी । प्रदेश ४ को नाम आदिवासी जनजातिको पहिचानसंग जोडेर नराखेको भन्दै आज नवलपरासीको कावासोतीमा शान्तिपूर्ण विरोध र्याली निकालिएको छ । आदिवासी जनजाति महासंघ आज प्रदेश ४ का सम्पूर्ण जिल्लाहरुमा विरोध र्याली निकालेका हुन् । उनीहरुले आदिवासी जनजातिको पहिचान जोडेर प्रदेश चारको नाम तमुवान मगरात राख्नु पर्नेमा जोड दिएका हुन् ।

कावासोतीको सभापति चोकबाट फलफूल चोकसम्म र्याली निस्केको हो । र्याली पछि कोण भएको थियो । कोण सभामा बोल्दै आदिवासी जनजातिका अगुवाहरु ललित गुरुङ, छविलाल राना, गणेशमान महतो, प्रेम भुजेल, पार्वती गुरुङ लगायतले आदिवासी जनजातिको पहिचानलाई मेटाउने गरी प्रदेश चारको नाम गण्डकी राखिएको भन्दै विरोध गरेका थिए । कार्यक्रममा थारु कल्याणकारिणी सभा नवलपरासीका सभापति गणेशमान महतोले आफूहरु आदिवासी जनजातिको पहिचानको लागि मात्र नभएर सम्पूर्ण नेपालीको पहिचानको लागि आन्दोलनमा उत्रिएको बताउनुभयो ।

आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष राम तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै आदिवासी जनजातिका अर्का अगुवा छविलाल रानाले आदिवासी जानजातिहरुको अधिकार सुनिश्चित गर्नका लागि आदिवासी जानजातिहरु कडा संघर्षमा उत्रनुको विकल्प नभएको बताउनुभयो ।

कोण सभा कोण सभा आदिवासी जनजाति महासंघ नवलपुरका सचिव इन्द्रफाल मगरको सञ्चालनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *