आदीबासी जनजाति महसंघ नगर समन्वय परीषदद्धारा कमप्युटर, लोकसेवा आयोग, दुव्यर्सन विरुद्ध सचेतना तथा उदघोषण तालिम

कमला राना ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परीषद कावासोतिको आयोजना तथा कावासोति नगरपालिकाको आर्थिक सहयोगमा विभिन्न तालिमको आज एक कार्यक्रमका विच समुदघाटन गरीएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परीषद कावासोतिका अध्यक्ष हिरालाल गरौको अध्यक्षतामा कमप्युटर तालिम, लोकसेवा आयोग तयारी, दुर्ब्यसन विरुद्ध सचेतना तथा उदघोषण तालिम, तथा स्थानिय निकायमा आदीवासी जनजातिको पहुच तथा प्राकृतिक स्रोत साधनमा जनजातिको अधिकार तथा व्यवस्थापन सम्बन्धी तालिमको समुदघाटन गरीएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परीषदका अध्यक्ष राम ब्लोन तमाङ को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सल्लाहाकार जगतकाजि गुरुङ, आश बाहादुर गोले, सामदुायी प्रहरी केन्द्र कावासोतिका प्रतिनिधि चन्द्र बाहादर नगरकोटी लगाएत नगार समीति तथा वडा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले आदीबासी जनजाति हरेक क्षेत्रमा पिछडीएर रहेकोले यस तालिमको ठुलो महत्व रहको बताएका थिए । साथै तालिममा प्राप्त ज्ञानलाइ सदुपयोग गरी व्यवहारमा उतानुपर्नेमा समेत जोड दिएका थिए ।
कावासोति नगरपालिकाको १७ वटै वडाका आदीवासी जनजाति प्रतिनिधिहरको सहभागिता रहने तालिम मा रामव्लोन तमाङ, प्रितम भुजेल, राजेन्द्र सापकोटा, मिन लामा, प्रहरी प्रतिनिधी तथा आदीबासी जनजाति पत्रकार प्रतिनिधिहरुले प्रशिक्षण प्रदान गर्ने भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परीषद कावासोतीका उपाध्यक्ष अर्जुन श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रमको सचालन सचिव मिन लामाले गर्नुभएको थियो ।

Share
  • 6
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *