इटहरी उपमहानगरपालिका गेटमा ताला, प्रवेशमा रोक

–तेज बहादुर बन
इटहरीः उपमहानगरपालिकाले सिएफएल खरिद गर्दा भ्रष्टाचार भएको प्रमाणित भएपनि त्यस्मा संलग्न दोषी कर्मचारी लाई बचाउ गर्दै मेयर, उपमेयर सहित प्रसाशनले विभिन्न बहाना गरेको भन्दै भ्रष्टाचारमा संलग्न लाई कार्वाहीको माग गर्दै इटहरीका सचेत युवाहरूले सुरू गरेको आन्दोलन चर्किदै गएको छ ।

गएको शुक्रबार आयजीत पत्रकार सम्मेलनमा उपमहानगरका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले गठित छानविन समितिको प्रतिवेदन अपुरो रहेको बताएपछि आन्दोलन झनै चर्कीएको हो । सचेत युवाहरूको समुहले जारी राखेको धर्ना कार्यक्रम आइतबार छैटौ दिन पनि एक घण्टा पु¥याएका छन् । कार्यालयको समय अगावै भेला भएका युवाहरूको समुहले आइतबार इटहरी उपमहानगरको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेर धर्नाको सुरूवात गरेका थिए । भ्रष्टाचार बिरोधी नारा लगाउदै प्लेकार्डहरू सहित लामबद्ध भएर धर्नामा बसेका युवाहरूको समुहले कुनै कर्मचारीहरूलाई भित्र प्रवेश गर्न दिएका थिएनन् ।
धर्ना र चर्काे नाराबाजीले मुठभेडको सिर्जना हुन नदिन इलाका प्रहरी कार्यालय इटहरीले उपमहानगर अगाडी बाक्लो प्रहरी परिचालन गरेको थियो । कार्यालयको समयमा मुख्य गेटमै ताला लागेपछि केही समय कामकाज ठप्प बनेको थियो । सेवालिन आएका सेवाग्राहीहरूले पनि सो आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए । त्यस समयमा उपमहानगरका मेयर द्वारीकलाल चौधरी उपमेयर लक्षमी गौतमको भने उपस्थिति देखिएन । आन्दोलनमा इटहरीका सचेत युवाहरू संगै जेस्ठ नागरिक , तथा बिभिन्न कलेजका बिद्यार्थिहरूको पनि उपस्थिती थियो । कार्यालय परिशरको मुख्य गेटमा ताला लागेपछि केही कर्मचारी र कार्यकारी अधिकृत अधिकारी उपमहानगरकै पछिल्लो गेटबाट प्रवेस गरेका थिए ।
दोषीलाृइ आवस्यक कार्वाही तथा निलम्बन नगरिए सम्म आन्दोलन जारी रहने आन्दोलनका नेतृत्व गरिरहेका युवा ब्यवसायी दिवश पोख्रेलले बताए । युवाहरूको समुहले आइतबार नै सिएफएल खरिदमा भएको भ्रष्टाचार प्रकरणबारे भ्रस्ट्रचारमा संलग्न कर्मचारी तथा जनप्रतिनिधीहरूलाई कार्वाहीकालागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीको ध्यानाकर्षण समेत गराएको छ । बेग्लै तरिकाबाट छानविन गरिरहेको अख्तियारले सिएफएल प्रकरण बारे भित्रीपाटोबाट अनुसन्धान गरिरहेको बताउँदै आएको छ । सबै प्रमाणहरू भेला पार्ने काम भइरहेकोले सबै उपमहानगरवासीहरूलाई नहतारीन र छानविनको बिषयमा दबाब शिर्जना नगर्न अख्तियारका पूर्वाञ्चल प्रमुख प्रदिप कुमार कोइरालाले अनुरोध गरेका छन् ।
उपमहानगरमा चुनिएर आएका जनप्रतिनिधिहरूले पहिलो त्रैमासिकमै अनियमित ढंगबाट ९७ लाख मुल्य बराबरको सिएफएल बल्ब खरिद गर्दा लाखौ रकम अनियमितता भएको खुलासा भएपछि गठित छानविन समितिले सिएफएल खरिदमा २० लाख भ्रष्टाचार भएको तथ्य सार्वजनिक गरेपनि पुस मसान्तमा बसेको कार्यपालिकाको बैठकले दोषीलाई उन्मुक्ती दिनेगरी फैशला गरेपछि जनप्रतिनिधीहरूको चौतर्फी बिरोध सुरू भएको हो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *