एकल नृत्य प्रतियोगिताको पुरस्कार तामाङ समाजकि अनु लामाको पोल्टामा।

 

सोनम दोङ
मानमा बहराइन,
२० मेइ २०१७,

हिजो सम्पन्न अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन द्वारा आयोजित बहराइनमा लुकि रहेका प्रतिभा खोजी भन्ने मुल उध्येस्य लिइ आयोजना गरिएका एकल नृत्य प्रतियोगितामा १४ जान प्रतिस्पर्धीलाई पछि पार्दै बहराइन तामाङ सेवा समाजकी अनु लामा तामाङले एक म्युजिक भिडियो,नगद बिडि,ट्रफी र सम्मान पत्र सहित प्रथम स्थान हाँसिल गरेकी छिन।

नेपाली राजदुताबास बहराइनका श्रम सहचारी जगदिश सिवाकोटी ज्यु को प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगितामा,प्रवासी नेपाली मंचकि सकुन शुब्बा,झापाली सेवा समाजकी कमला श्रेष्ठ र मगर संघ को गुनराज मगरले क्रमशः दोश्रो,तेस्रो र सान्त्वना पुरस्कार हात पारिन।
सम्पुर्ण बिजेताहरुलाइ ट्रफी प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गरिएको थियो।

मंचको अध्यक्ष प्रकाश पाठकको सभापतित्वमा सम्पन्न सो प्रतियोगितामा राजदुतावासका अमृत लोप्चन ज्यु, नेपाली क्लबका मानर्थ समाजसेवी गम गुरुङ ज्यु,नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठ ज्यु र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका अध्यक्ष असिम महत ज्यु को बिशिस्ट अतिथि रहेको थियो।

त्यस्तै बहराइन स्थित विभिन्न संघ संस्थाका प्रतिनिधि ज्युहरु सहित बाग्लो रुपमा दर्शक दिर्गको उपस्थिति रहेको सो प्रतियोगिता लाई बहराइनमा निक्कै नै चर्चित नृत्य निर्देशिका तथा मोडेल अनु राणा र अरुण क्षेत्रीले निर्णायकको भुमिका निभाएको थियो।
निर्णायक मंडल ले निष्पक्ष निर्णय लिएको उपस्थित दर्शक दिर्गले हाम्रो सम्बादाता लाई जानकारी दिएको थियो ।
कार्यक्रम लाई मंचकी सल्लाहकार इन्दिरा क्षेत्री र सहकोषाध्यक्ष मेघराज आचार्यले संचालन गर्नु भएको थियो भने स्वागत मन्तब्य मंचका द्वितीय उपाध्यक्ष शिव अधिकारीले गर्नु भएको थियो।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *