एकिकृत सम्पत्ति कर बिरुद्ध कांग्रेस र जनमुक्ति सहित सत्तापक्ष दलका नेताहरु बाट चर्को बिरोध

तिलोत्तमा, रुपन्देही । तिलोत्तमा नगरपालिकाले साउन १ गतेदेखि लगाउने तयारी गरेको एकिकृत सम्पत्ति करको विपक्षी दल नेपाली काग्रेस, राष्टिय जनमुक्ति पार्टी सहित सत्तापक्षका नेताहरुले नै बिरोध गरेका छन ।
नगरपालिकाले सर्वदलिय बैठक र सहमति बिना नै बहुमतका बलमा एकलौटी र जनताले तिर्नै नसक्ने गरी एकिकृत सम्पत्ति कर लगाउने तयारी गरेको भन्दै उनीहरुले सहमति नगरी एकलौटी ढंगबाट अघि बढे साउन १ गते नै नगरपालिकाको कार्यालयमा ताला लगाएर आन्दोलन गर्ने चेतावनी दिएका छन ।
नेपाली काग्रेसको साबिक शंकरनगर तिलोत्तमा नगरपालिका १–४ ले आज डाइभरटोलमा आयोजना गरेको एकिकृत सम्पत्ति कर सम्वन्धि सचेतना कार्यक्रमका वक्ताहरुले सर्वसाधारणको ढाड सेक्ने गरी कर लगाएर कर असुली गरी सेवा सुबिधामा नरमाउन जनप्रतिनिधिलाई आग्रह गरे । उनीहरुले नगरपालिकाका जनप्रतिनिधिहरुलाई सेवा सुबिधा र भत्ता त्यागेर जनताको पक्षमा निस्वार्थ बन्न सुझाव दिएका छन ।
कार्यक्रममा बोल्दै गत निर्वाचनमा नगरप्रमुखका उम्मेद्धार तथा नेपाली काग्रेसका जिल्ला सचिव रामकृष्ण खाणले जनताले तिर्न नसक्ने कर नगरपालिकाले लगाए काग्रेसले शसक्त प्रतिरोध गर्ने बताउनु भयो ।
उहाले तिनाउ नदीमा दैनिक डेढ २ सय टिप्परले बालुवा गिट्टी बोक्दा बेवास्ता गर्ने नगरपालिकाका जनप्रतिनिधिहरुले क्रसर उद्योग बन्द गराउन पत्राचार गर्ने र जनताले तिर्न नसक्ने कर लगाउन तयारी गर्ने कारण के हो भनि प्रश्न गर्नुभयो ।
अर्का नगर प्रमुखका उम्मेद्धार तथा सत्तारुढ नेकपाका नेता लक्ष्मण खनालले अहिले प्रस्ताव गरेको कर जनताले तिर्न नसक्ने बताउदै तत्काल सर्बपक्षिय र सर्बदलिय सहमतिमा न्युनतम कर लगाउन आग्रह गर्नुभयो । उहाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर एउटै पार्टी बनेपनि जनताको पक्षमा नहुने निणर्य र कामको बिरोधमा उत्रने चेतानी दिदै भन्नुभयो जनताको ढाड सेकियो भने कममरमा पटुकी बाधेर जनता सडकमा उत्रीने छन हामीले साथ दिने छौ ।
उपप्रमुखका उम्मेद्धार तथा राष्टिय जनमुक्त पार्टीकी नेतृ गिता सारुले नगरपालिकाको नेतृत्व निरकुश बन्दै गएको आरोप लगाउनु भयो । उहाले लक्ष्यित समुदायलाई बिनीयोजन गर्नुपर्ने बजेट समेत अन्यत्र दिएर आदीबासी जनजाती सहित बिभिन्न समुदायको अपमान गरेको बताउनु भयो ।
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले आय कर अन्त शुल्क, व्यवसाय कर लगायतका कर तिर्नु पर्ने व्यवसायीले नगरपालिकाले प्रस्ताव गरेको एकिकृत कर तिर्न नसक्ने बताउनु भयो । उहाले आफुले बैठकमा समेत यो करा उठाएको बताउदै एकर्लौटी निणर्य गरे एकिकृत कर नै व्यवसायीले नतिर्ने चेतावनी दिनुभयो ।
साबिकको आनन्दवन गाबिसका अध्यक्ष रोमणी प्रसाद पाठकले जनताबाट कर लिएर मोजमस्ती गर्ने सोच त्यागेर जनताको सेवालाई मुख्य काम ठान्न जनप्रतिनिधिहरुलाई आग्रह गनृुभयो । उहाले व्यक्तिको सम्पत्तिमा भन्दा आम्दानीमा कर लगाउन नगरपालिकालार्य सुझाव दिनुभयो ।
उद्योगि चन्द्रमान श्रेष्ठले कुनैपनि व्यक्तिले राखेको सम्पत्तिमा कर लगाउनु न्ययोचित नहुने तर उसले गरेको आम्दानीमा मात्र कर लगाउनु सान्र्दभिक हुने बताउनु भयो ।उहाले तिलोत्तमाका पुराना बासिन्दा थारु समुदाय बिस्तारै अन्यत्र सरे जस्तै अहिले रहेका बासिन्दा र उद्योगि पनि अन्यत्र जाने अवस्था आउने बताउनु भयो ।
वडा समन्वय समितिका सभापति तथा महासमिति सदस्य क्याप्टेन यम बहादुर खत्रीको सभापतित्व, सहसंयोजक तथा महाधिबेशन प्रतिनिधि चिरञ्जिवी पौडेलको स्वागत र समन्वय समिति तथा क्षत्रिय सचिव माधजलाल देवकोटाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

Share
  • 111
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *