एसियन कप छनौट अन्तर्गत नेपाल फिलिपिन्ससँग ४-१ ले पराजित


चैत्र १५, ब्रिजिखेल काठमाण्डौ ।
फिलिपिन्सको मनिलामा भएको एसिया कप २०१९ को छनौट खेलमा नेपाल घरेलु टोलीसँग ४–१ गोल अन्तरले पराजित भएको छ । एएफसी सोलिडारिटी कप जिते बापत नेपालले यो छनौट खेल्ने अवसर पाएको हो । पछिल्लो ८ खेलमा अपराजित नेपालको यात्रा आफूभन्दा बलियो टोली फिलिपिन्ससँग खेल्दा टुंगिएको छ ।
मनिलास्थित रिजाल मेमोरियल रंगशालामा जारी खेलको १२औं मिनेटमै मिडफिल्डर बिक्रम लामाले रेड कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । विक्रम लामाको फलमा फिलिपिन्सले पाएको पेनाल्टीलाई नेपाली गोलकिपर किरण चेमजोङले रक्षा गरे पनि घरेलु टोलीका कप्तान फिलिप योङहस्वेन्डले खेलको २२ औं र २५ औं मिनेटमा गोल गर्दै नेपाललाई दवावमा राखेका थिए। तर, फिलिपिन्सले २१औं मिनेटमा पुनः पेनाल्टीको अवसर पायो । डिफेण्डर रविन श्रेष्ठले फिलिपिनो खेलाडीलाई डिबक्सभित्र फल गरेपछि उसले पेनाल्टीको अवसर पाएको थियो, जसमा फिल चुकेनन् र १-० को अग्रता दिलाए ।

त्यसको दुई मिनेट बित्न नपाउँदै फिलिपिन्सले अर्को गोल गर्‍यो । उसका लागि पुनः फिल योङहस्वेण्डले गोल गरे । २८औं मिनेटमा नेपालले तेस्रो गोल खायो । यसपटक इयान राम्सेले फिलिपिन्सका लागि गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा नेपालका विशाल राईले गोल फर्काउँदै अन्तरलाई कम गरेका थिए। तर, दोस्रो हाफमा पनि फिलिपिन्स नै हावी भयो । उसका पटिनोले ७३ औं मिनेटमा गोल गरे र घरेलु टोली ४-१ ले विजयी भएको छ ।

 

 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *