ओमसतियामा कृषकहरुलाई अनुदानमा मल वितरण

राज चौधरी बुटवल । ओमसतिया गाउँपालिका वडा–३ ले ५० प्रतिशत अनुदानमा एक कार्यक्रमका बीच मंगलबार एक हजार वोरा मल वितरण गरेको छ । वडा नं. ३ का वडा अध्यक्ष चन्नर प्रसाद यादवको अध्यक्षता तथा गाउँ पालिका प्रमुख हिरा केवट(राहुल) को प्रमुख अतिथ्यतामा वडा नं. ३ का स्थानिय कृषकहरुलाई सहुलियत दरमा वितरण गरेको हो । गाउँपालिका अधिकृत राजु नेपाल, मक्सुद अहमद खान, आकास खान, फोटो मुसलमान, ड्राईबर थारु लगातले बोल्दै खेती लगाउने समयमा थोरै भएपनि कृषकहरुलाई राहत पुगेको र यस कार्यलयले उदाहरणीय काम गरेको बताएका थिए । कार्यक्रममा कार्यालय सचिव राजेन्द्र प्रसाद पौडेलको संचालन तथा सदावृक्ष गुप्ता(शुक्ला)को स्वागतमा अनुदान मल वितरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारीहरु अध्यक्ष बलिराम यादव, उपाध्यक्ष पराग मुराउ, सचिव रमेश गुप्ता, कोषाध्यक्ष इन्द्रमती कुमारी थारु, सदस्यहरु मिथुन प्रसाद थारु, अ‍ैरुन निशा, रुपावती पासी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *