कतारमा २४औ विश्व आदिबासी दिवस भब्य रुपमा सम्पन्न।

दोहा, कतार ।
नेपाल प्रबासी आदिबासी जनजाति महासघ कतारको आयोजनामा कतार द्रारा दोहा स्थित गल्फ होराइजन होटलको सभाहलमा गत शुक्रबारका दिन २४औं विश्व आदिवासी दिवस भब्य रुपमा सम्पन्न भएकोछ।
पहिचान,प्रतिनिधित्व र स्वायत्तता/स्वशासानका लागि आदिवासी जनजातिको अडान,पहिचानसहितको संघीयताको लागि संविधान सम्बोधन हाम्रो साझा अभियान भन्ने मुल नाराका साथ २४औं विश्व आदिवासी दिवस मनाएको हो ।
सस्थाका अध्यक्ष देवराज राईको सभापत्विमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी कतार स्थित नेपाली दूतावासका प्रमुख सचिव नितेस सापकोटा रहेका थिए । त्यस्तै विशेष अतिथिहरुमा सस्थाका प्रमुख सल्लाहकार सियाराम चौधरी, सस्थापक सदस्य तथा सल्लाहकार सुक बहादुर तामाङ्, जनक थापा मगर, दिल किरण खजुम लिम्बु, बिल ब.गुरुङ, पूर्व अध्यक्ष बिनेश तामाङ, गैर आबासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्बय समितिका पदाधिकारी ज्युहरु गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्बय समिति कतारका प्रथम उपाध्यक्ष तेज कटुवाल, समाज सेवि कमल मणि गुरागाइ, धीरज चाम्लिङ राई लगायत कतारमा रहेका विभिन्न बैचारिक सस्थाका अध्यक्ष तथा प्रतिनिथी ज्युहरु सामाजिक, जिल्ला बासी, धार्मिक, साहित्यिक, पत्रकार, कलाकार, तथा दोहा कतार बासी नेपाली दाजु भाई तथा दिदी बहिनिहरुको बाक्लो उपस्तिथि रहेको थियो। कार्यक्रमका सभापती, प्रमुख अतिथी,बिशेष अतिथिहरुको सामुहिक हातबाट कार्यक्रमको ब्यानर अबरण पश्चात दिप प्रज्वनन गर्दै सुरु गरिएको कार्यक्रममा सस्थाका प्रथम-उपाध्यक्ष तथा २४औ विश्व आदिबासी दिवसका सम्योजक लिलम चिदी मगरले उपस्थित सम्पूर्णलाई स्वागत मन्तब्य बाट स्वागत गरे । त्यस्तै “हामी आदिबासी” बोलको गीतमा सामुहिक कलाकारहरुले स्वागत नृत्य प्रस्तुति दिएका थिए।
दिर्तिय-उपाध्यक्ष पुरुशोत्तम सुनुबारले २४ औं बिस्व आदिवासी दिवस मनाउनुको बारेमा प्रष्ट पार्दै आफ्नो अधिकार बाट बन्चित भएको कारण संसार भरिका आदिवासीले अहिले पनि आन्दोलन गर्दै आएका छ्न र आफ्नो अधिकार पाउनको निम्ति जनजातिहरुले विश्वका विभिन्न देशमा भएको आन्दोलन बारेमा पनि खुलासा गरे । कार्यक्रममा सुभकामना मन्तब्यको क्रममा सम्पुर्ण जिल्लाको तर्फ बाट लमजुङ सेवा समाजका अध्यक्ष बिष्णु लाल श्रेष्ठ,मातृ सस्थाका तर्फबाट धानुक समाज कतारका राम कुमार मन्डल,गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्बय समिति कतारका प्रथम उपाध्यक्ष तेज कटुवाल सस्थाका प्रमुख सल्लाहकार सियाराम चौधरी,समाज सेविहरु कमल मणि गुरागाइ,बिल गुरुङ,गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्बय समिति कतारका प्रमुख सल्लाहकार तथा पूर्व अध्यक्ष बिनेष तामाङ, कतार स्थित विभिन्न राजनीतिक पार्टीका भात्री संघठनहरु, सामाजिक संघसस्थाका प्रतिनिधीले ले २४औं बिस्व आदिवासी जनजाति दिवसको सुभकामना दिदै आउने दिनमा आफ्नो पहिचान,रितिरिवाज,सस्कार सस्कृती जोगाउन प्रवासमा आएर यस्ता मौलिकता कार्यक्रम गर्नु एकदमै स्रहानिय भएको बताए । आगामी दिनमा पनि आदिवासी जनजाति एकजुट हुदै आफ्नो पहिचान जोगाउन एकताबद्ध हुनुपर्ने भन्दै नेपालमा ३७ % जनता आदिवासी रहेको बताउदै जनजातिले उठाएका केही मुद्दाहरु सरकारले छिट्टै सम्बोधन गर्नुपर्ने बताए । प्रमुख अतिथि सापकोटाले नेपाल सरकारको तर्फबाट शुभकामना दिँदै कुनै बेला आदिवासी जनजाति अन्यायमा परेको भएपनि यो संबिधानले धेरैकुरा समेटिएको कुरा बताउँदै प्रवास कतारमा आएर पनि यसरि कार्यक्रम गरि आफ्नो संस्कृती जोगाउन लागिपरेको देख्दा एकदमै खुसि लागेको भन्दै सम्पुर्णमा धन्यवाद दिँदै आफुले सकेको सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा महासंघ कतारमा आबद्ध मातृ संस्था नेपाल मगर संघ शाखा कतार, किंरात राई यायोख्खा शाखा कतार, किरात याक्थुम चुम्लुङ कतार, तमु(गुरुङ) समाज कतार, नेपाल प्रवासी तामाङ समाज कतार, थारु कल्याणकारी सभा च्याप्टर कतार, प्रवासी भुजेल सेवा समाज कतार, सुनुवार सेवा समाज कतार, नेवा पूःच कतार, माझी सेवा समाज कतार, धानुक सेवा समाज कतारका कलाकारहरुबाट आ-आफ्ना जातिय पहिचान सहितको सामुहिक सांस्कृतिक झाँकी सहित मौलिक नृत्य प्रस्तुतिले कार्यक्रममा हर्स उल्लास सँगै मनोरन्जन थपिएको महशुस गरिएको थियो । अन्त्यमा सभापति देवराज राईले सन :१९९४ देखि बिश्व आदिबासि दिवस मनाउन थालिए पनि नेपालमा भने १३औं विश्व आदिबासी दिवस देखि सुरु गरिएको बताउदै प्रवासमा आएर आफ्नो पहिचान जोगाउन लागि परेका छौ, आगामी दिनहरुमा पनि सबैको साथ र सहयोग चाहिने बताउदै कार्यक्रममा उपस्थित र सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए भने उक्त कार्यक्रम संचालन महासचिव शिव कुमार भुजेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *