कम ब्याक निरुता

कुनै बेलाकी नम्बर वान अभिनेत्री निरुता सिंह झन्डै एक दशकदेखि चलचित्रमा छैनन् । काठमाडौंको स्थायी बसोवासलाई पूर्ण विराम लगाउँदै मुम्बई बसाइँ सरेकी निरुता यो अवधिमा बेला–बेलामा काठमाडौं आऊ–जाऊ गरिरहन्छिन् । सिक्किमसहित विदेशमा आयोजना हुने चलचित्रका एवार्ड समारोहहरूमा समेत उनको उपस्थिति हुन्छ । यसपटक पनि उनी एउटा एवार्ड वितरण समारोहमा सहभागिता जनाउन काठमाडौं आइन् ।
यद्यपि यसपटकको उनको भ्रमण उनकै अभिनय करियरका लागि फाइदाजनक रह्यो । नेपाल आएका बेला उनले निर्देशक विकास आचार्यको चलचित्र ‘नाइँ नभन्नु ल–५’ मा अभिनय गरेकी छिन् । निर्देशक आचार्यकै आग्रहमा निरुताले उक्त चलचित्रका लागि एक दिनको समय छुट्याइन् ।

चलचित्रका लागि दिलीप रायमाझी तथा अनुभव रेग्मीसंग निरुताको संवादसहितको दृश्य खिचिसकिएको छ । निरुतालाई अनुभवको आमाको भूमिकामा प्रस्तुत गरिएको बताइएको छ, यद्यपि यस विषयमा निरुता तथा निर्देशक आचार्यले मुख खोलेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *