के.सि. आउने खबरले कतार तात्यो, सम्मेलन भब्य हुने

रेशम रोका मगर, दोहा कतार । “राष्ट्रिय, राष्ट्रिय अखण्डता, जनतन्त्र र जनजीविकाका लागि हाम्रो अभियान,प्रवासी नेपाली श्रमजीवीको हकहित र अधिकारको पक्षमा पाँचौं राष्ट्रिय सम्मेलन ” भन्ने मूल नारका साथ कतार नेपाली एकता समाजको पाँचौँ राष्ट्रिय सम्मेलन हुँदैछ ।
जुन २० तारीख मा बसेको मुल आयोजक समिती को बैठक ले सम्मेलन को तयारी अन्तिम चरण मा पुगेको जनाएको छ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष जनप्रिय नेता तथा पुर्ब उपप्रधानमन्त्री चित्र बहादुर केसी आगामी अगस्त (भदौ) महिनामा कतार आउनु हुने निश्चित भएको छ । आउँदो अगस्त २०१८ को इध–अल–अधाका दिन कतारमा रोजगाररत सम्पूर्ण श्रमजीवी प्रवासी नेपालीहरुको अभिभावकीय सङ्गठन कतार नेपाली एकता समाजको सोही पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न अध्यक्ष केसी कतार आउनु हुने भएको हो ।
अध्यक्ष केसी कतार आउने खबरले कतारमा रोजगाररत प्रवासी नेपालीहरु हर्षित बनेका छन् । कतार नेपाली एकता समाजले अध्यक्ष केसीलाई कतार ल्याउन आवश्यक सबै कानुनी प्रक्रिया पुरा भइसकेको जनाएको छ । अध्यक्ष केसीको भिसा प्रक्रिया र सम्मेलन उद्घाटनको हल बुकिङ लगायतका सबै कार्यहरु पुरा भइसकेको समाजका अध्यक्ष लुमाकान्त पुनले बताउनु भयो ।
अध्यक्ष पुनले जुलाई १३, २०१८ का दिन एक प्रेस विज्ञप्ती समेत जारी गर्दै सम्मेलन सफल पार्न कतारमा रोजगाररत प्रवासी नेपालीहरुसँग अपिल पनि गर्नु भएको छ । अध्यक्ष पुनद्वारा जारी उक्त विज्ञप्तीमा अगाडि भनिएको छ– “कतार नेपाली एकता समाजको पाँचौँ राष्ट्रिय सम्मेलन यही अगस्त २०१८ मा इद–अल–अधाको दिन दोहाको नज्मास्थित शालिमार होटेलमा आयोजना गर्न गइरहेको खबर यहाँहरुलाई सुनाउन पाउँदा हामी अत्यन्तै हर्षित भएका छौँ । हाम्रो सङ्गठनको उक्त ऐतिहासिक पाँचौँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्न प्रमुख अतिथिको रूपमा नेपालबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी कतार आउनु हुनेछ । अन्तमा कतार नेपाली एकता समाजको पाँचौँ राष्ट्रिय सम्मेलन भव्य र शानदार रूपमा सफल पार्नका लागि विगतका दिनहरुमा झैँ आर्थिक, नैतिक, भौतिक सहयोगका लागि कतारमा रहनु हुने सम्पूर्ण बैचारिक सगठन व्यवसायी, समाजसेवी, बुद्धिजीवी, इन्जिनियर, पत्रकार, कलाकार लगायत प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा यसै प्रेस विज्ञप्ती मार्फत् हार्दिक अपिल गर्दछौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *