क्यान्सर पीडित नारायणी ले मागिन सहयोग

जिबनरक्षा बचाइदिन अपिल

रेशम रोका मगर, दोहा कतार। जन्मस्थल रोल्पा रुन्टीगढी गाउँपालिका वडान १ ओबाङ (साबिक जेदबाङ ७ ओबाङ )स्थाई बसोबास दाङ घोराही उपमहानगरपालिका ७ पर्सा ( साबिक सौसियार ६ पर्सा ) का कक्षा ८ मा अध्यनरत १५ वर्षीय नारायणी घर्ती मगरको बिगत २०७४ चैत देखि प्राणघातक क्यान्सर रोगलागेको हुदा हाल भरतपुर चितवन बि पि कोइराला क्यान्सर मेमोरियल अस्पतालमा उपचार भैरहेको र हाल देब्रे हातको पाखुराको हड्डी सबै अप्रेसन गरिनिकालिएको हुदा अहिले उनको हात कुइनादेखी माथिको भाग न चल्ने हुदा फेरि अप्रेसन गरेर चल्ने बनाउनको लागि करीब १५/ १६ लाख रकम लाग्ने डाक्टरले सुझाव दिनुभएको हुदा थप उपचारको निम्ति रकम अभाव भै रहेको हुदा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सहयोग गरिदिनुहुन अपिल गरिएको छ । साथै क्यान्सर पीडित बालिका नारायणी घर्ती मगरको वुवा भुपेन्द्र प्रकाश घर्ती मगरको तर्फबाट सम्पुर्ण देश बिदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु को सानो सहयोगले जीवन बाँच्न सक्ने भएकोले म यहाँहरु संग बिशेष अनुरोध गर्दछु ।

सहयोगी मनमुटुहरुको लागी भगवती घर्ती मगर बैंक अफ काठमाडौ घोराही शाखा दाङ एकाउन्ट नम्बर ०५१८००००१६४८ सम्पर्क नम्बर ९८४७९०२९६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *