क्रान्तिकारी पत्रकार संगठनको अध्यक्षमा डुम्रे

फाल्गुन २९ ।
क्रान्तिकारी पत्रकार संगठन नवलपरासीको दोस्रो सम्मेलनले शिव डुम्रेको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन भएको छ ।
कार्यक्रम मा क्रान्तिकारि पत्रकार संगठनका केन्द्रिय सचिवालय सदस्य प्रकाश डुम्रेले आस्थाका आधारमा पत्रकारहरुमाथी दमन रोक्नुपर्ने भन्दै जनपक्षीय पत्रकारितामा लाग्न सबै पत्रकारहरुलाई आग्रह गरे । नेकपाका जिल्ला ईन्चार्च सुमन ज्ञवालीले जनताका कुराहरू माथी उठाउन र समाचारमा उत्पीडित जनताका कुरा लेख्न अपिल गरे । नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य पुरुषोत्तम सुबेदिले नेपालको पत्रकारितामा जनपक्षीय भुमिका कमजोर रहेकोभन्दै यसमा पत्रकारहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ! नेपाल पत्रकार महासघ नवलपरासी का उपाध्यक्ष हरि शर्मा, प्रेस चौतारीका केशब पराजुली, क्रान्तिकारि पत्रकार महासघका गणेश पान्डे, पत्रकार रबि पान्डे लगायतले बोलेका थिए !! 
शिव डुम्रेको अध्यक्षता सम्पन्न सम्मेलनले २ सदस्य पछि थप गर्ने गरि १३ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ जसको सचिबमा प्रतीक्षा उपाध्याय, सदस्यहरुमा शान्ति भट्टराई, सिद्दिचरण गुप्ता, प्रताप मिश्र, सन्जयकुमार गौण, अस्मिता गैरे, शृस्टि अधिकारी, नैना क्षेत्री, धनिराम चौधरी, बिकास आचार्यलगायत रहेका छ्न । संगठनले आगामी बैशाख १५ र १६ गते रास्तृय सम्मेलन गर्दैछ । संगठनले पत्रकारिता तालिम लगायतका अभियानहरु सन्चालन गर्ने निर्णय गरेको नबनिर्बाचित अध्यक्ष शिब डुम्रेले जानकारी दिए !

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *