क्षमता अभिवृद्धि तथा नेतृत्व विकास कार्यक्रम सम्पन्न

बुटवल ।
दुर्गा मन्दिर आमा समूह, बुटवल–२, पुष्पा टोलको आयोजना तथा बुटवल उपमहनगर पालिकको सह–कार्यक्रमा तीन दिने महिलाहरुको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास कार्यक्रम सम्पन्न भएको छ ।
महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले आयोजना गरेको उक्त तीन दिने उद्घोषण तालिम मंगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो ।
संघका अध्यक्ष हेम कुमारी पन्थीको अध्यक्षता, सुधा कुंवरको स्वागत रहेको समपन कार्यक्रममा बुटवल उपमहानगर पालिका २ का वडा अध्यक्ष रमेश प्रसाद नेपाल, वडा सदस्य खगीसर गुरुङ्ग, बुटवल नगरपालिका समाजिक साखा बरिष्ठ अधिकृत दमोदर ज्ञवाली, प्रशिक्षर्थीहरु राधा थापा र सिता ज्ञावालीले लगायतले बोल्दै प्रशिक्षार्थीहरुले सिकेका सिपहरुलाई व्यवहरमा उतर्नुपर्नेमा जोड दिएका थिए ।
समापन कार्यक्रम समूहका सचिव मिना खड्काको संचालनमा सम्पन्न भएको थिया, भने तीन दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा बुद्ध सामुदायिक टेलिभिजनका कार्यक्रम प्रस्तोता कमल थापाले सहजिकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *