गाउँ फर्क अभियान अहिल्यै किन नचाल्ने ? ?

 

टि. बि. पुन । नेपालको शहर बजार, बिदेशमा बस्ने हुनेखाने उच्च र उच्च मध्यम बर्गिय नेपाली दाजुभाइ दिदिबहिनीहरु गाउँमै हुर्किएर पछि बसाई सर्दै गएका हुन । बाध्यता र बिबसता होस वा देखासिखि रहर नक्कल नै किन नहोस् बिदेश जाने र शहरिया-बजारिया बन्ने क्रम नेपाली समाजमा अझै बढ्दो संख्यामा छ । पहिले आदिवासी जनजाति बृटिस लाहुरे परिवारका मात्रै बिदेश खासगरी बेलायत, सिङ्गापुर र हङकङ जान पाउदथे । आजभोलि सबै जातजातिका मानिसहरू बिस्वका सबै देशहरूमा गएका छ्न । बसोबास गर्न थालेका छ्न । आजभोलि नेपालका श्रीसम्पती परिवार सबै उतै बोकेर लगेका छ्न । उनिहरु उतै रमाएका छ्न, उतै हराएका छ्न । यसले भोलि समाजमा पुस्तान्त्तरको समस्या देखिने छ । आफ्नो गाउँघर अतितलाइ सम्झेर धुरुधुरु रुने दिन आउनेछ !

बिदेश जाने केही धन कमाउने सुखसुबिधा प्राप्त गर्ने बित्तिकै आफ्नो जन्म स्थान थातथलो गाउँघर भुसुक्कै बिर्सिएर बिदेशमै रमाउने नेपालीहरुको जनसंख्या ठुलो छ । शहर बजार तिर घरजम गरेर बस्ने सुखभोगि परम्परा बढ्दो छ। आफ्नो पुर्खाको सम्पत्ति गाउँ घरका जग्गा जमिन सित्तैमा कौडिको मुल्य भाउमा बेचेर हिडेका छ्न । तिनका जग्गा जमिन बाझिएका छ्न । घरहरु पुरानिएर भत्किएर रित्तो ओडार पहरा भएका छ्न । गाउँघरमा अशक्त अपाङ्ग र बुढाबुढिहरु छ्न । तिनको हेरचाह सहयोग गर्ने आफन्त्त जनहरु टाढिएका छ्न । उनिहरु बेसहारा भएका छ्न ।

प्रत्येक बर्ष जब गर्मी मौसम सुरु हुन्छ । मधेस तराईको ४५ डिग्री माथिको गर्मी, चापा कलको ठुस्स गन्हाउने तातो पानी, तातो हावा खाएर उकुसमुकुसमा बसेका मछेडको टोकाइ खाएकाहरु आफ्नो गाउँ घर ठण्डा ठाउ पहाडको चिसो हावापानी सम्झेर यदाकदा धुरुधुरु रुन्छ्न । आफुले छोडेको त्यो आफनै गाउँघरको चिसो ठाउँमा गएर आराम लिएर बस्दछु । अब गाउँमै गएर केही गर्दछु वा आनन्दले जिउदछु भन्ने सोच प्रायहरुमा कहिल्यै आउदैन । एउटा उखान छ नि :- “किन रुन्छ्स मङगले आफ्नै ढङ्गले !”
प्राय मानिसहरूमा जिवनको उत्तरार्ध अस्तचलतिर वा मृत्यु सम्मुख आफू जन्मे हुर्केको स्थान तिर तृष्णा जागेको आकर्षण भएको देखिन्छ । बिरामी अवस्थाका उपेन्द्र देवकोटाले अहिले आफ्नै जन्मस्थल गोर्खाको चिसो पानी पिएर उतै मर्ने इच्छा जाहेर गरेको कुरा समाचार बनिरहेको छ । स्वयम् मेरो स्वर्गीय बुबाले पनि मर्नु पुर्व एकपटक चिसो पानी पिउदै गाउँघर घुम्ने इच्छा पटकपटक ब्यक्त गरिरहनु हुन्थ्यो । बुबाको त्यो रहर इच्छा पुर्ण नहुदै अनायास असपतालमा उपचारको क्रममा उहाँको निधन भयो ।

हामी अहिले निरोगी बलियो बाङ्गो तन्दुरुस्त हुँदा जसरी जहाँ रहेबसे पनि कुनै परिवेश अवस्था वा जिवनको उत्तरार्धमा जोकोहीलाई आफ्नो जन्मभुमि मातृभुमिको प्रकृतिले आकर्षण अबस्य गर्दोरहेछ ! अब हामीले पनि गाउप्रतिको मोह जगाउदै गाउँफर्क अभियान किन नचाल्ने ? ? ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *