घुमाउने /घुमाउरो घरको ऐतिहासिकता !

टि बि पुन । भगवान बुद्धको सम्झना / स्मरणमा वहाँको अस्तुधातु राखेर निर्माण गरिएको ठुलाठुला माटाको गोलाकार ढिस्कालाइ बौद्ध स्तुपा भनिन्छ ! पछि बुद्धले प्रयोग गर्ने सामाग्री पुस्तक ग्रन्थहरु आदि राखेर माटोमा पुरेर स्तुपा बनाउन थालियो । स्तुपा जोकोही सबैले देखुन कसैले तोडफोड गर्न नस्कुन भनेर नै विशाल पहाड आकारको हुन्छ ।

मानिसहरुले आफू बस्ने निजि घर आवास निर्माण गर्न थालेपछि स्तुपालाइ हेरेर त्यस्तै गोलाकार स्तुपा आकारको घर निर्माण गर्न थाले । पहिलेका ग्रामीण मनिसहरु घुमाउने गोलाकार घर बनाएर बस्दथे । घुमाउरो घर बौद्ध स्तुपा / स्थुपा अर्थात थुबे बौद्ध आर्किटेक्चर कला हो । पछि घरको आकार बर्गाकार चारपाटे संरचनाको निर्माण हुन गयो । अहिले गोलाकार घर लोप हुदै देख्न दुर्लभ भएको छ ।

कतिपयको भनाइ रहेको छ । “स्थुपा” बाट “थापा” हुन गएको हो । अर्थात स्थुपा (गोलो) घरमा बस्नेहरू थापा नामले चिनिन गए । उनीहरुलाई थापा भनिन् थाल्यो । “थापा” नामाकरण कसरी रहन गयो ? भन्ने एक आधार प्रमाण यो पनि हुन सक्द्छ ।

फोटोमा देखाइएको तस्वीर पर्बत जिल्लाको होर्स्याङ्गदी, ऐनकुना चिसापानीमा रहेको वापा टेकबहादुर थापा मगरको पुर्खेउलि घुमाउने घर हो । उहाँ बाल्यकाल देखि यहि घरमा बस्दै आउनु भएको थियो । बिगत केही बर्षदेखि यो घुमाउरो घर छोडेर उहाँ पोखरामा बस्न थाल्नु भएको छ ।

तस्बिरमा देखिने अनुहारहरु दायाँबाट क्रमश : म अनि नेपाल मगर बुद्ध संघ कास्कीका अध्यक्ष सुबेदार चन्द्रबहादुर मसराङ्गी मगर र मगर बुद्ध संघ कास्कीका सचिब जीवन थापा मगर हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *