“पुन मगर र गुरुङ(तमु) हरुको कुलपुजा लोककथा एउटै ?”

टि बि पुन । “गर्भमा लुकेको तमुवानको इतिहास” का लेखक खुशिमान गुरुङज्युको पुस्तक पढ्दा पृष्ठ ९२ र ९३ माए लेखिएको पुन र गुरुङको कुल लोककथा एउटै रहेको मैले पाए । लेखकले यो विषय लेख्दा पोखरा नदिपुर निवासी स्व. खका पुन र पोखरा माटेपानीका स्व. प्रेम बहादुर गुरुङज्युको भनाइ र सहयोगबाट तयार पारेका रहेछन । अन्य पुस्तकिय स्रोत सरोकारवाला ब्यक्तिहरुको भनाइ अनि पुन ( मेरो आफ्नै) र गुरुङ दुबैले अहिलेसम्म यहि बिश्वास आधारमा रहेर कुल पुजा गर्ने गरेको अभ्यासलाई हेर्दा यो समाजशास्त्र र मानवशास्त्रको अध्यनको गतिलो बिसय पनि हुन सक्दछ !

धौलागिरी हिमालयको काख मुस्ताङ, म्याग्दी, पर्वत र बागलुङ आसपास बसोबास गर्ने पुन ( त्यसो त पुनभित्र सय जति थरउपथरहरु छ्न ।) मध्य सबै होइनन् । बिशेषगरि कर्वाके कुल पुज्ने पुनहरु र गण्डकी पश्रव छेत्रको आसपास बस्ने आपुकर्पाके कुल पुज्ने तमु गुरुङहरुको कुलकथा एउटै रहेको छ ।
दुबैको कुल कथा यस्तो रहेको छ :-
कर्पाके / कर्वाकेली /आपु कर्वाके/ अपा कहाह्रब क्ल्हे बुढाका ९ भाइ छोराहरु हुन्छन् । जेठी बुढी मर्छन बुढाले कान्छी बुढी सालि बिबाह गर्दछ्न । ९ भाइ मध्य ७ भाइले कान्छी आमाप्रती दुर्भावना सोच्दछन । बुढालाई ७ भाइले मह काढ्ने निहुमा घना जङ्गलमा लैजान्छन । ठुलो पहरा जहाँ माहुरीको चाका मह छ । बाबुलाइ महकाढने बेला अग्लो पहराको बिच गुफामा अलपत्र छोडेर उनिहरु घर फर्कन्छ्न । बाबू जङ्गलमै हराएको कुरा घरमा बताउदछ्न । केही बर्ष पछि गिद्द्ले बुढालाइ गुफाबाट निकालेर उडाएर घरमा ल्याइ पुर्याउदछ । बुढाबुढीको मिलन हुन्छ । बाबुलाई खोज्न हिडेको जेठो र कान्छो भाइ पनि टुप्लुक्क आइ पुग्दछ्न ।

कथा अनुसार जेठाभाइलाइ खुशी पार्न एक वर्णे सेतो भेडाको साढ दिइएको र कान्छोलाइ खुशी पार्न कुखुराको भाले दिइयो । पछि कुलको रुपमा भेडाको साढ र कुखुराको भालेले कुल पुजा गर्न थालेको बिश्वास रहिआएको छ । उनिहरुको स्वयम् म आफ्नो पनि कुलका दाजुभाइहरु यसैगरी कुल पुज्ने चलन रहेको छ । ( कुल कथा याहा मैले छोटोे बनाएको हु ।)

पुन मगर र गुरुङ तमुको कुलको लोककथा, स्थान परिबेश र उनिहरुले कुल पुजामा प्रयोग गर्ने सामाग्री, कुल बिश्वास अनि बिधि बिधान तौर तरिका संस्कृती एउटै देखिन्छ । पुनले आफ्नो पुर्खालाई करवाकेली / कर्पाके / कर्वाके भन्दछ्न भने गुरुङले आपा कर्पाके/ अपा कहाह्रब क्लेहे आदि जे नाम दिइएको भएता पनि कुल एउटै भएको देखिन्छ । घ्याब्रे, पच्यु, लामा, झाकरी, धामी जे नाम दिइएपनी पुजारी उहीँ एउटै हुन ।

गुरुङको मौखिक शास्त्र “प्ये” हो भने पुनहरुको मौखिक शास्त्र “ओखा बखान” हो । पुजामा पुजारिले यहि कथा सुनाउदछ्न । पुजामा नाङलो उचालेर “खो-खो” भन्ने गर्दछ्न । यो भनेको नेपाली खस भासामा पितृ तिमी “आउ-आउ” भनेको हो । यसकारण पुन र गुरुङ वा तमुहरुको आदि पुर्खा रक्त बंश वा देवता एउटै कर्पाके (नाम) नै भएको पछि पुन र गुरुङ छुट्टाछुट्टै नामले कुनै भौगोलिक छेत्रमा चिनिएको बसोबास गर्न थालिएको हो भन्ने लेखकको तर्क रहेकोे छ । दुबैको कुल लोककथा एउटै भएकोले सत्यताको अ्म्स धेरै नजिक देखिन्छ ।

पुनहरुको संस्था ” करवाकेली” अनुसन्धान समितिको पुस्तकमा अझ यी कुराहरु बृस्तुत रूपमा प्रकाश पारिएको छ । म्याग्दीको काफल डाडामा एक भब्य” करवाकेली” मन्दिर नै तयार पारिएको छ । जहाँ पुनहरुले सामुहिक कुल पुजा गर्ने गर्दछ्न । पोखरामा पुनहरुको छुट्टै ” पुन समाज नेपाल” समेत गठन गरिएको कुरा सबैमा सर्वबिदितै छ ।

पुन र गुरुङको बसोबास छेत्र धौलागिरी गण्डक भौगोलिक छेत्र हुनु, दुबैको शारीरिक सुसंगठन एकै किसिमको हुनु, सुगुर दुबैले नखाने, नपाल्ने र दुबैले भैसिको मासु संस्कृतिको रूपमा आहार गर्ने, तीन दिन किरिया गर्ने, मामाचेलाफुपुचेली वा फुपुचेलामामाचेली बिबाह गर्ने । (पुन मगरले पहिला बिबाह गर्ने गरे पनि अहिले हिन्दुकरणले गर्दा छोडेको अवस्था छ । ) आदि कुराहरु पुन मगर र गुरुङ ( तमु ) मा समान्ता पाइन्छ । मृत्युमा गुरुङको अग्रुङ जस्तै पुनहरुको कुर्ख्राको भाले-पोथिलाइ भोज दिने (भाले थुर्ने) चलन रहेको छ । पुन र गुरुङको मात्रै होइन, त्यसो त शाहवंश राणा ठकुरीहरु सङ्ग पनि राना मगरको कुल एउटै भएको बिश्वास गरिन्छ ।

पुन मगर तथा तमु गुरुङ समाजमा राणाकालमा बुद्ध धर्म मासेर हिन्दु बाहुन पुरोहित धर्म लागू गरि जिम्मुवाल मुखियाले बाहुनलाई पुज्न लगाएपछी हिन्दु धर्मले प्रवेश पायो । बलि पुजा प्रथाले ब्यापकता लियो ।
बौद्ध धर्ममा बिस्वास आस्था राख्ने पुन मगर र गुरुङ (tamu) ले आजकल कुललाइ बलि वा काटमार नगरी सम्यक पुजाद्वारा कुल पुजा गर्ने गर्दछ्न ।

स्रोत सामाग्री.
(१) हामी मगर । २०७५। टि.बि. पुन मगर ।
(२) करबाकेली । २०६७ । करवाकेली अनुसन्धान समिती ।
(३) धौलागिरीमा बसोबास गर्ने पुन समुदाय एक अध्यन । २०७३ । मेजन पुन ।

(४) पुन स्मुदायको संस्कार-संस्कृती: बिगत र बर्तमान । २०६६ । हर्कबहादुर पहरे पुन ।
(५) गर्भमा लुकेको तमुवानको इतिहास । २०७० । खुशिमान गुरुङ ।
(६) फिमला पत्रिका विभिन्न अङ्कहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *