चाइनिज न्यु ईयर २०१८, मलेसिया मा सास्कृतिक धमका हुने

पुश्मिता ठाडा।
पुस २२ – चाइनिज नया बर्ष २०१८ को लामो बिदाको अबसर पारेर मलेसियामा बिबिध सास्कृतिक कार्यक्रम आयोजना हुने गरेका छन । यसै बिचमा सगुन सास्कृतिक मंच जोहर मलेसियाले आयोजना गर्न लागेको चाइनिज न्यु एयर कन्सर्ट २०१८ नामक कार्यक्रम मलेसियाका ३ ठुला सहरमा चाइनिज नया बर्षको अबसरमा आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार यो कार्यक्रम फेब्रुअरी १६ न्युयोर्क होटेल जोहरबारु १७ फेब्रुअरी देवनहल मलक्का ओसियन फेब्रुअरी १८ बातुपाहाडमा आयोजना हुनेछ । कार्यक्रममा देश तथा बिदेशमा चर्चा कमाएका रास्ट्रीय तथा स्थानीय दर्जनौ कलाकारले कार्यक्रममा आफ्नो प्रस्तुति दिने छन |

रास्ट्रीय कलाकारमा पछिल्लो समय कि चर्चित लोक गायिका भुमिका गिरी, चर्चित हास्यकलाकार बिष्णु सापकोटा (हर्के हल्दार) नेपाल आइडल टप ४ का प्रतिस्पर्धा सागर आले, मोडल तथा डान्सर एलिसा राई, गायिका दीपा लामा, पप गायक सुनिल मगरको जोडदार प्रस्तुति रहने छ । आयोजक संस्था सगुन सास्कृतिक मंचले कार्यक्रमको तयारि अन्तिम चरणमा पुगेको जनाएको छ । सगुन सास्कृतिक मंचले आयोजना गरेको उक्त कार्यक्रमको स्पोन्सर भने आउन बाकी रहेको छ एनआरएनए मलेसियाको सपोर्ट रहेको चाइनिज न्यु एयर कन्सर्ट २०१८ को मिडिया पाटनर www.hamrosanchar.com, www.osnepal.com, www.sawalnepal.com, www.artistkhabar.com www.darpanepal.com रहेका छन ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *