चितवन मगर सॉंस्कृतिक संघका सदस्य दुर्घटना परि निधन, दोसी लाई कडा कारबाहीको माग

चितवन । नेपाल मगर सॉंस्कृतिक संघ चितवनका सक्रिय सदस्य अनिसा राना मगरको स्कुटरमा दुर्घटना परि निधन भएको छ । हिजो असोज १ गते सोमबाको दिन 28 बर्षीय अनिसा राना मगर आफ्नो स्कुटरमा सवार भई नारायणगढ हिनेकी थिईन । करिब सॉंझ 06:45 बजे गैंडाकोटबाट मेन रोड निस्किने क्रममा महेन्द्रनगरबाट काठमान्डौं आउदै गरेको ना.५.ख ४३१३ नम्बरको बसले ठक्कर दिदॉं अनिसा राना मगर गम्भीर घाईते भएकी थिईन । तत्कालै भरतपुरको सि.एम.सी हस्पिटलमा उपचार गरिने क्रममा उनको मृत्यु भएको हो ।उक्त बस र चालकलाई गैंडाकोट प्रहरी कार्यलयले नियन्त्रणमा लिए पनि घटनाको बिस्तृत अनुसन्धान र आवशेक कारबाही गर्न प्रहरीले आलटाल गरेको भन्दै आज दिउसो मृतक परिवार सहित आफन्तहरु लगायत चितवन मगर सॉंस्कृतिक संघका पदाधिकारीहरुले आक्रोस ब्यक्त गर्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । घटना भएको एक दिन बितिसक्दा पनि प्रहरीले बस संचालक पक्षलाई भेट्न नदिई दिनभरी कुराएर अलमलाएको भन्दै भोली असोज ३ गते बिहान ०९:०० बजे नेपाल मगर सॉंस्कृतिक संघ चितवनका ब्यक्तिहरु लगाएत सम्पुर्ण आफन्तजनहरु बुद्धिजिवीहरु गौंडाकोट प्रहरी कार्यलयमा उपस्तित भई कडा रुपमा दबान दिने योजना रहेको नेपाल सॉंस्कृति संघ चितवनका सह-सचिब भतिसारा राना मगरले जानकारी दिनुभएको हो । शबलाई भरतपुर सरकारी अस्पतालमा पोष्टमार्टमको लागी लगिए पनि मृतक का परिवारले छ्यतिपुर्ती नपाए सम्म शबको पोष्टमार्टम र दाहासंकार नगर्ने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *