चैत्र १७ गते जनमुक्तिले तताउने, अध्यक्ष पालुङ्वा

चैत्र १५, भैरहवा ।
राष्ट्रिय जनमुकति पार्टीको ११ औं राष्ट्रिय सम्मेलनको तयारी तिब्र पारिएको छ । यही चैत्र १७,१८ र १९ गते सिद्धार्थनगरमा सम्पन्न हुन गईरहेको सम्मेलनको भव्य रुपमा सम्पन्न गर्नको लागि पार्टीका केन्द्र देखि स्थानीय नेता कार्यकर्ता सक्रिय रहेको पार्टीका संघीय परिषद् अध्यक्ष एवम् भेला मुल आयोजक समितिका संयोजक के.पी. पालुङ्वाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनका अनुसार चैत्र १७ गते सम्मेलनको भैरहवा स्थित गणतान्त्रिक सभागृहमा हुने उदघाटन सत्र हङकङ राज्यका पुर्व सभामुख साङ्योग सिंहले उद्घाटन गर्ने छन् । उद्घाटन कार्यक्रममा भारतीय कांग्रेस पार्टीका केन्द्रिय नेता मुन्ना सिंह,नेपाली कांग्रेसका केन्द्रिय स्तरका नेता समेतको सहभागिता रहने अध्यक्ष पालुङ्वाले जनाए ।
देशमा तीन तहको निर्वाचन सम्पन्न भई संघीय लागु भईसकेको अवस्थामा अब पार्टीलाई कसरी मजबुद बनाउने भन्ने विषयमा राष्ट्रिय सम्मेलनमा गहन छलफल गरी निष्कर्षमा पुगिने अध्यक्ष पालुङवाले बताए ।
बहुजातिय लोकतान्त्रिक समाजवादको सिद्धान्तलाई अंगिकार गरेको सो पार्टीले गएको निर्वाचनमा पाएको हारसंगै राष्ट्रिय पार्टी समेत बन्न सकेन । सोही विषयलाई केन्द्र स्थर मा राखेर अब पार्टीलाई कसरी सबैको साझा पार्टी बनाउन सकिन्छ र पार्टीको भावी रणनितीको विषयलाई सम्मेलनको मुख्य एजेण्डा बनाईने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
सम्मेलनमा सहभागी हुन देशभरका ७ प्रदेश,६३ जिल्ला,प्रवास शाखाबाट ४५० प्रतिनिधी र ५० पर्यवेक्षक भैरहवा आउने छन् । पार्टीका उप-महासचिव टोप अस्लामीको संचालन,पार्टीका केन्द्रिय सदस्य एवम् भेला तयारी मुल समितिका संयोजक सुर्य कुमार सारु मगरको स्वागतमा सम्पन्न भएको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय तहका नेता,प्रदेश संयोजक,महिला विभाग संयोजक लगाएको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *