छथर गाउँपालिकाको परेवादिनमा जनमुक्तिको संगठन विस्तार

धनकुटा । राष्ट्रिय जनमुक्ति पार्टी धनकुटाले साविक परेवादिन गाविस वडा नं.७ हाल छथर गाउँपालिका गाउँपालिका वडा नं.६ नाम्जाङमा सोमवार वडा स्तरिय पार्टीको वडा समिति गठन गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष सविला मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न भएको दोश्रो वडा भेलाले आसन्न स्थानिय तहको निर्वाचनलाई मध्यनजर राखेर वडा कमिटी विस्तार गरिएको पार्टीका जिल्ला सचिव गजेन्द्र तामाङले ब्वताएका छन् । राष्ट्रिय जनमुक्ति पार्टी गाउँ समिति नाम्जाङका वडा समिति अध्यक्ष गंगावहादुर तामाङको अध्यक्षतमा सर्वसम्वत रुपमा गठित दोश्रो वडा भेलाले ९ सदस्यीय छथर गाउँपालिका राष्ट्रिय जनमुक्ति पार्टी वडा नं.६ को नयाँ समिति चयन गरिएको सचिव तामाङले जानकारी दिउका छन् ।
वडा समितिको उपाध्यक्षमा जंगवहादुर तामाङ, सचिवमा कृष्णमान तामाङसह–सचिवमा गोरखवहादुर तामाङलाई सर्वसम्वत रुपमा चयन गरिएको छ । त्यसैगरी वडा समितिको सदस्यहरुमा सिता तामाङ, सुनिता तामाङ, मानवहादुर तामाङ र डेगवहादुर तामाङलाई चयन गरिएको राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समिति, धनकुटाले जनाएको छ ।
त्यसैगरी, सो अवसरमा स्थानिय समाजसेवी एवं समुदायका अगुवा ७८ वर्षिया दुर्गावहादुर तामाङको संयोजकत्वमा तिन सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको वताइएको छ । सल्लाहकार समितिको सदस्यहरुमा लालहवादुर तामाङ र फुलमाया तामाङलाई सर्वसम्वत रुपमा चयन गरिएको छ ।
नवनिर्वाचित पदाधिकारीहरुलाई वधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समिति धनकुटाका अध्यक्ष सविला मोक्तानले आउँदो स्थानिय तहको निर्वाचनलाई राष्ट्रिय जमुक्ति पार्टी पहिचान र सघियताको पक्षमा सक्दो सदुपयोग गर्ने भएकाले सहयोग गर्न आग्रह गरेका छन् । उनले २० वर्ष पछि हुन लागेको आगामी निर्वाचनलाई जनमुक्ति पार्टीले आन्दोलनको रुपमा स्थानिय तहको निर्वाचनलाई उपयोग गर्ने वताए । लोकतन्त्रमा नागरिकले पहिलो शुसाशनको अनुभुति गर्ने माध्याम भनेको निर्वाचन भएकाले निर्वाचनमा भाग लिनुको विकल्प नरहेको औल्याएका छन् । सो अवसरमा कार्यक्रमको संचालन पार्टी जिल्ला सचिव गजेन्द्र तामाङले गरेका थिए ।

Share

One thought on “छथर गाउँपालिकाको परेवादिनमा जनमुक्तिको संगठन विस्तार

  • May 5, 2017 at 3:15 pm
    Permalink

    malai dherai khushi lagyo amchar chhapidinu bhayekoma dhanyabad

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *