जनजाती संग्राहलय बनाउन ४७ लाख सहयोग, आदिबासी थप्न सहयोग समितिका संयोजक थापाको अनुरोध

जेष्ठ २६, बुटवल । बुटवल स्थित हिलपार्कमा आदिवासी जनजाति संग्राहलय निर्माणको लागि बुटवल हिलपार्क सहयोग समिति हंगकंगका संयोजक श्री हेमराज थापाज्युले हिलपार्क परिषदका अध्यक्ष श्री भिम तुलाचन ज्यु लाइ रु.४७ लाखको चेक हस्तन्तरण गर्नु भयो । कार्यक्रममा बोल्दै हङ्गकङ्ग समितिका अध्यक्ष हेमराज थापाले जनजातिहरुको संग्राहलयलाई देशैकै नमुना बनाउनको लागि आफूहरुले सानो सहयोग गरेको र सहयोग निरन्तर गरिराख्ने बताए । उनले जनजाती अगाडी आदीवासी समेत थप्नको लागि अनुरोध गर्दै सम्पूर्ण आदिवासी जनजातीहरुको संस्कृति यहाँ उल्लेख हुनुपर्ने बताए । त्यस्तै पर्यटनमन्त्री लिला गिरीले आगामी दिनमा हिलपार्कलाई पयर्टकको बृहत गन्तव्य बनाउन मन्त्रालयले सहयोग गर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै अर्का बक्ता प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले हिलपार्क सँगै यहाँका केही पर्यटकीय ठाउँलाई जोगाउँदै त्यसबाट बुटवलको पहिचान झल्काउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीले हिलपार्कलाई समृद्धिसँग जोड्न आवश्यक रहेको भन्दै संस्कृतीलाई झल्काउँदै समृद्धिको लागि बृहत योजना बनाएको जानकारी दिए । संग्रहालयमा आदिवामसी जनजातिका मौलिक परम्परा, संस्कृति, भेषभुषा, रीतिरिवाजसँग सम्बन्धित वस्तुहरु राखिने छन् । संग्रहालय छिट्टै शुरु गरिने संयोजक थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *