जनमुक्तिको दिपावली शुभकामना आदान-प्रदान बुटवलमा सम्पन्न

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी बुटवल उप-महानगर समिति द्वारा आयोजित शुभ दिपावली २०७५ को शुभ उपलक्ष्यमा शुभकामना आदन प्रदान तथा सामुहिक देउसी भैलो कार्यक्रम सम्पन्न भएको गरेको छ । नगर अध्यक्ष थर्क बार्हघरे ज्यु अध्यक्षता भएको उक्त कार्यक्रम का प्रमुख अतिथी पार्टी उपाध्यक्ष होमाया गुरुङ विशिष्ट संगठन सचिब के बि पुन, अथितिहरु पुर्ब सैनिक संगठन का केन्द्रिय अध्यक्ष भिम राना , प्रदेश परिचालन समिती का सहसचिव धनी आले जिल्ला अध्यक्ष झम गुरुङ , जिल्ला नेत्री मधु राना, क्षेत्रीय अध्यक्ष दूध गुरुङ लागयत नेताहरुको उपस्तिथि रहेको थियो । स्थानीय नगर का पार्टी नेता कार्यकर्ता तथा शुभचिन्तक हरुको बाक्लो उपस्थिति लाई नगर का उपाध्यक्ष धनिसरा दर्लामी ज्युले स्वागत मन्त्बय राख्नु भएको थियो । उक्त दिपावली अबसर मा उपस्थिती हरु लाई थप मनोरञ्जन दिन महिला मोर्चाका अध्यक्ष बशन्ति साठिघरे को संयोजकत्वमा स्थानीय कलाकार हरुको बेजोड सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । जनताका भावना र मन जित्न सांस्कृतिक अभियान अत्यन्तै प्रभाबकारी रहेको पनि बताउनु भयो । अत्यन्तै भब्य रुपमा भएको शुभकामना आदान प्रदान कार्यक्रम संचालन नगर सचिब खिमा रानाले संचालन गर्नु भएको थियो भने अध्यक्ष थर्क बार्हघरेले कार्यक्रम सम्पन्न गर्न साथ रसह्योग गर्नुहुने सम्पुर्ण लाई विशेष धन्यबाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *