जनमुक्तिको व्यास नगर अध्यक्षमा तिलाराम अाले 

जेष्ठ २६ दमाैली, तनहुँ राष्ट्रिय जनमुक्ति पार्टी व्यास नगर समिति तनहुँको पाँचाैं अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले तिलाराम अाले को अध्यक्षतामा १५ सदस्यिय नयाँ समिति चयन गरेको छ । पार्टीको व्यास नगर समितिका अध्यक्ष शेर बहादुर ढेंगाको अध्यक्षता र संघिय परिषद् सदस्य मन्धरी अाले मगरको प्रमुख अातिथ्यतामा सम्पन्न अधिवेशनको सञ्चालन समितिकी सचिव बिष्णुमायाँ थापाले गर्नुभएको थियो । समितिकी सदस्य मिना थापाको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको प्रमुख अतिथिले दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि अालेले नेपालमा पहिचान र समानुपातिक अधिकारको वकालत गर्ने एकमात्र पार्टी राष्ट्रिय जनमुक्ति पार्टी रहेको दाबी गर्नुभयो । बिगतमा हाम्रो मुद्दा चोरेर माअोवादीले जनयुद्दको नाममा हजाराैं नेपाली जनताको ज्यान लियो तर केही नेताहरुको निहित स्वार्थको लागि पार्टी एमालेलाई बुझायो । फेरि संघिय समाजवादीको नाममा नेपाली जनतालाई झुक्याउने काम भयो अहिले त्यो पनि फोरम हुँदै त्यही पहिचान बिरोधि एमाले संग एकीकरण गर्ने प्रक्रियामा छ । त्यसैले अब जनमुक्तिका नेताकार्यकर्ताहरु ढुक्क भएर गाउँ गाउँमा गएर संगठन बिस्तार गर्नुपर्ने कुरा उल्लेख गर्नुभयो । उक्त कार्यक्रममा पार्टीको संघिय महासभा सदस्य खड्क बहादुर अाले, जिल्ला इन्चार्ज तिल बहादुर मस्राङ्ङी, जिल्ला संगठन सचिब गंग राना, क्षेत्र नं १ का अध्यक्ष बहादुर सिं थापा, नेपाल विद्यार्थी मोर्चाका केन्द्रीय उपाध्यक्ष श्री बहादुर थापा, जिल्ला अध्यक्ष सिजन थापा, व्यास नगरपालिका वडा नं ५ कि अध्यक्ष एकु मायाँ थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *