जनमुक्ति को कडा चेतावनी पछि दुई नेता बिनाशर्त रिहाइ

बुटवल,२९ बैशाख ।
राष्ट्रिय जनमुक्ति पार्टीको ५ नं प्रदेश परिचालन समितिद्धारा आज मध्यान्ह बुटवल स्थित लखन चोकमा पार्टी नेताकार्यकर्ता भेला भैइ बिरोध प्रदर्शन शुरु गरेको थियो । शान्तिपूर्ण रुपमा गरेको कार्यक्रममा आफ्ना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले धरपकड गरी पक्राऊ गरेको भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले आज मध्यान्ह १२ बजे बुटवलको राजमार्ग चौराहमा (लखनचोक) देखी नारा बाजी लाउदै पक्राउ परेका नेताहरु को बिनाशर्त रिहाई को माग गर्दै सडकमा उत्रेको थियो । देशमा वैदेशिक हस्तक्षेप, भ्रष्टाचार, बढ्दो महङ्गी, कालोबजारी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण लगायतका विषयहरुलाई लिई शुक्रबार बुटवलको पुष्पलाल पार्कमा आयोजना गरेको एक घण्टे बिरोध कार्यक्रम सकिए लगत्तै प्रहरीले धरपकड गरी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं ५ का संयोजक हाजी डा.मोहम्मद हसन र रुपन्देही जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गलाई पक्राउ गरेको थियो । नेपाली जनताले शान्तिपूर्ण रुपमा विरोधका कार्यक्रम गर्न पाउनु संवैधानिक अधिकार भएको उल्लेख गर्दै बिज्ञप्तिमा देशको वेथिति साथै जनविरोधी सरकारी कदमको विरुद्ध कार्यक्रम गर्नु लोकतान्त्रिक विधि र प्रकृयालाई अझै शसक्त बनाउने कदम भएको जनाइएको छ । दिनभरी धर्ना दीईरहेका पार्टीनेता कार्यकर्ताहरु चर्को घाममा तत्काल रिहाइ को माग गरी रहेका थिए । लोकतन्त्रमा जनताले आफ्नो कुरा राख्न पाउनु मौलिक हक अधिकार माथि प्रहरी हस्तक्षेप भएको भिडियो फुटेज सामाजिक संजाल मा भाईरल भए पछी निकै कडा आलोचना भएको थियो । चौतर्फी दबाब र आलोचना हुनलागे पछी प्रशासनले पार्टीका संघिय परिषद सदस्य सुर्य कुमार सारु, जातिय बिभाग प्रमुख दल बहादुर बिरकट्टा र राष्ट्रिय दलित मोर्चाका प्रमुख हरिओम बिकलाई वार्ता मा बोलाएको थियो । वार्ता पछी कारीब ५ बजे पार्टी केन्द्रीय उपाध्यक्ष एवं प्रदेश परिचालन समिति (प्रदेश नं.५) का प्रमुख हाजी डा.मोहम्मद हसन साथै रुपन्देही जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गलाई बिनाशर्त रिहाई गरेको सो पार्टीका वार्ता संयोजक सुर्यकुमार सारुले जानकारी दिनु भएको थियो । रिहाइ पछी पार्टी द्वय नेतालाई नेताकार्यकर्ता र शुभचिन्तक बाट फुलमाला र खादा द्वारा सम्मान गरिएका थिए।

Share
  • 44
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *