जनमुक्ति युवा महासंघ केन्द्रिय बैठक परासी बर्दघाट मा सम्पन्न

बृजिखबर, बर्दघाट ।

रास्टृय जनमुक्ति पार्टी को जनसंगठन जनमुक्ति युवा महासंघ को केन्द्रिय बैठक परासी को बर्दघाटमा सम्पन्न गरेको छ । महासंघ केन्द्रिय अध्यक्ष ममता बुढाथोकी ज्यु को अध्क्ष्यता मा बसेको बैठकले निम्न विषय माथी छलफल गरि निर्णय गरेको छ । पार्टी को मेरुदण्ड को रुपमा चिनिने युवा महासंघ भ्रस्टाचार मुक्त अभियान लाई अघि सारेको छ। त्यसै गरि यहि मंसिरमा आसन्न पारदेशिक निर्बाचन को निम्ति जनमुक्ति महासंघ का रास्टृय अध्यक्ष शंकर गाहा लाई प्रदेश नम्बर ५ ब्युरो इन्चार्ज र महासचिब लाल बहादुर गोतामे लाई प्रदेश नम्बर ४ ब्युरो इन्चार्जको जिम्मेवारी  गरियो साथै उक्त प्रदेश मा रहेका जनमुक्ति युवा महासंघ का केन्द्रीय पदाधिकारी, सदस्य र जिल्ला अध्यक्ष हरु ब्युरो सदस्य रहने छ । बैठक ले जनमुक्ति युवा महासंघ को केन्द्रीय सदस्यमा श्रीधर मास्की राना, रुपन्देही रुम कुमार थाप, नवलपुर र मिनमाया थापा, परासी लाई बैकल्पिक सदस्यमा मनोनयन गरिएको छ । जनमुक्ति युवा महासंघ ले देश ब्यापी रुपमा संगठन बिस्तार गर्ने अभियान लाई सकृयरुप मा अघि बढाउने र आसन्न प्रदेश चुनाब आगाबै पार्टी सकृय जिल्ला मा तत्काल संगठन निर्माण गरिने सचिब राम अस्लामी ले जानकारी दिनु भयो । त्यसै गरि जनमुक्ति युवा महासंघ ले युवा सशक्तीकरण कोष रु, एक करोड रुपैयाँ निर्माण गर्ने र सोको शुभारम्भको लागि सिड मनि संघ का केन्द्रिय समितिमा रहनेहरुले जनही रु, दस हजार बुझाउने निर्णय गरेको छ । बैठक सम्पन्न गर्न ब्यबस्थापन को सहयोग गर्नु हुने परासी इन्चार्ज धन बहादुर गुरुङ र महासंघ का कार्यसमिती र पार्टी जिल्ला समिती तथा सबै पार्टी शुभ चिन्तकहरुलाई महसंघ केन्द्र  बिशेष धन्यबाद प्रकट गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *