जनमुक्ती युवा महा संघ प्रदेश नम्बर ५ ब्युरो समिती द्वारा युवा जागरण अभियान सम्पन्न

असोज – १० , बुटवल ।
प्रदेश चुनाव नजिकिदै गर्दा राष्ट्रिय जनमुक्ति पार्टी को मेरुदण्ड जनमुक्ति युवा महासंघ प्रदेस ५ ब्युरो ले युवा जागरण कार्यक्रम सम्पन्न गरेको छ् । ५ नम्बर ब्युरोका संयोजक शंकर गाहा को अध्क्षयता मा रहेको जागरण अभियान मा पार्टी का केन्द्रिय उपाध्क्षय तथा राष्ट्रिय मुश्लिम परिषद का संयोजक हाजी डा मोहम्मद हसन प्रमुख अथिति रहनु भएको थियो भने बिशिस्ट अथिति मा अनुगमन तथा मुल्याङ्कन समिती का सदस्य सचिब तथा जनमुक्ति युवा महासंघ का पूर्व अध्क्षय अशोक पुन हुनु हुन्थ्यो । त्यसै अथिति मा पार्टी उपाध्क्षय तथा प्रबास बिभाग प्रमुख कमला थापा,संघिय महा सभा सदस्य नरजङ गुरुङ, प्रकाशन बिभाग प्रमुख बलदिप राइ, जातिय बिभाग प्रमुख दल बहादुर बिरकट्टा,संघिय यातायात बिभाग प्रमुख सुर्य कुमार सारु, संघिय परिषद सदस्य गीता सारु, संघिय परिषद सदस्य ज्ञान बहादुर थापा, जनमुक्ति युवा महासंघ का केन्द्रिय अध्क्षय ममता बुढाथोकी, राष्ट्रिय महिला मोर्चा का केन्द्रिय अध्क्षय चन्दा थापा, लुम्बिनी राज्य परिषद का सचिब ओ म् प्रकाश बि क्, रुपन्देही जिल्ला अध्क्षय झम बहादुर गुरुङ र परासी जिल्ला सचिब जस बहादुर पून ज्यु को आथित्यता गर्नु भएको थियो । कार्यक्रम को पहिलो चरण मा ६ जिल्ला बाट उपस्थिति हुनु भएका जनमुक्ति युवा महासंघ जिल्ला कार्य समिति बिच परिचययात्मक कार्यक्रम सम्पन्न भएको थियो भने दोश्रो चरण मा औपचारिक कार्यक्रम र तेश्रो चरण मा पार्टी का सचिब तथा प्रशिक्षण बिभाग का बलदिप राई ज्यु ले सबै जिल्ला हरु लाई प्रशिक्षण दिनु भएको थियो । अत्यन्तै उत्साह का साथ सम्पन्न भएको प्रशिक्षण ले युवा हरु मा राजनिती चेतना जगाएको छ । पाल्पा, बांके, कपिलवस्तु, दाङ, परासी र रिपन्देही का युवा हरु मा जनमुक्ति बिचार धारा ले अत्यन्तै राम्रो प्रभाब पारिसकेको छ, स्थानीय तह चुनाब को अनुभव लिइ सकेका युवा हरुले प्रदेश तह चुनाब मा अझै महत्त्वपूर्ण भुमिका गर्ने र युवाहरु नै नेतृत्व मा आउने थप प्रेरणा प्रशिक्षण ले दिएको छ । लक्ष्मिनगर, बुटवल मा अबस्थित बिश्व शान्ति बुद्ध बिहार को सभाहल मा सम्पन्न युवा जागरण अभियान को कार्यक्रम को संचालन महासंघ का सचिब राम अस्लामी ले गर्नु भएको थथियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *