जापनमा डा. महावीर पुन ज्यू सँगको वृहत अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा

जापान । वायरलेस प्रविधिद्वारा देशको ग्रामिण क्षेत्रमा सूचना प्रबाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट संजाल विस्तार गर्न सफल व्यक्तित्व महावीर पुन मगर जापान रहेका नेपाल मगर संघ, एन आर एन ए र आदिबासी जनजाती महासंघ, जापान को सयुक्त निमन्त्रणा मा वृहत अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा सम्पन्न हुन गैरहेको आयोजकले बताएका छन। जापानको बिभिण्ण शहर र यस क्षेत्रमा बसोबास गर्नुहुने बुद्दीजीबि, व्यवसायी, बिद्यार्थी, बिभिन्न संस्थाका नेतृत्व तथा सामाजिक अभियान्ता ज्यूहरू, र सम्पुर्ण देशप्रेमी नेपाली दाजु भाई तथा दिदिवहिनीहरू मा उक्त कार्यक्रम भब्य रुप मा सफल पारीदिनु हुन को लागि आयोजकले बिशेष अनुरोध गरेको छ । पुनले सन २०१२मा सूचना तथा प्रबिधी मार्फत देश्बिकश्का सम्भावनाहरुको खोज र आविष्कारगर्ने उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्र्को स्थापना गरे। यस्तो बिसाल योजनालाई मुर्तरुप दिन ठुलो आर्थिक सहयोगको खाचो हुनेभएकाले पुनले नेपल सरकारर्को ढोका बारम्बार ढक्ढकाए। बिगत चार बर्षमा ५ वटा सरकार फेरिए तर उनलाई सहयोग कसैले गरेन। यसकारण आजकल पुनलाई हामी जनताहरु माझ सहयोग संकलन कार्यक्रम मा तत्पररहेको हेर्नसक्छौ। खुसीको पक्ष यो छकी भ्रस्ट र अन्योलमा रहेको सरकारले मुख फेरिपनि देशबिदेशमा रहेका नेपाली जनताहरुले निक्कैनै हर्शौल्लास्कासाथ पुनलाई सहयोग गरिरहेका छन्।

राष्ट्रिय आविष्कार केन्द्र्को बारेमा थप जानकारी र सहयोग गर्न इच्छुक सम्पूर्ण श्रोतामहानुभाबले राष्ट्रिय आविष्कार केन्द्र्को वेबसाईट www.nicnepal.orgमा लागिन गर्न सक्नु हुनेछ। वेबसाईटमा आजको दिनसम्ममा संकलित रकमको एकएक हिसाब राखिएको देख्न सक्नु हुनेछ। साथै महाबीर पुनलाई यहाहरुले twitterमा @mahabirpun सर्च गरी फलो गर्न सक्नुहुनेछ। । तीन नेपाली संस्थाको आयोजनामा हुन गैइरहेको कार्यक्रम यही आउदो २०१८ मे २७, आईतबार, विहाँन ९ बजे देखी १२ बजे सम्म जापानको Aichi ken kariya shi Aioi cho 1-1-6 sangyo shinkou center tel 0566-28-0555 कारीया स्टेशन बाट पैदल ३ मिनेट लाग्ने लोकेशन आयोजकले बाटएको छ। साथै “२७ तारीख साँझ ४ बजे महावीर पुन ज्यू एनआरएनए जापानले आयोजना गरेको कार्यक्रमा टोकियो पुग्नुपर्ने भएको हुँदा नागोयाको समय विहाँनको राख्नुपरेको नेपाल मगर संघ जापानका महासचिब लक्षमण घरती मगरले जानकारी गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *