जापानिज राजदुतावासद्धारा जिल्ला अस्पताल धनकुटालाई १ करोड सहयोग

सन्तवीर लामा
धनकुटा ः– नेपाल स्थित् जापानी दुतावासले जिल्ला अस्पताल धनकुटालाई अस्पतालको स्तर उन्नतीको लागी नेपाली रुपयाँ १ करोड रुपयाँ अनुदान सहयोग गर्ने भएको छ ।
जापान सरकारको सहयोगमा जिल्ला सदरमुकाम भोजपुरमा हालै निर्माण कार्य सम्पन्न आँखा अस्पतालको समुद्धघाटन गर्न जाने क्रममा नेपालको लागी जापानी राजदुत मासाशी ओगावाले धनकुटामा वुधवार यस्तो अनुदानको घोषणा गरेका हुन । ओगावाले भोजपुर जाने क्रममा जिल्ला अस्पताल धनकुटाको अवलोकन पछि आयोजित स्वागत एवं परिचयात्मक कार्यक्रमलाई सम्वोधन गर्दै १ करोड वरावरको अनुदान रकमको घोषणा गरेका हुन् । 
धनकुटा जिल्ला अस्पतालको आयोजनामा सम्पन्न स्वागत एवं अस्पतालको परिचायात्मक कार्यक्रममा जिल्ला अस्पतालका प्रमुख डा.फडिन्द्र बराल र अस्पताल विकास समितिका अध्यक्ष सुनिल डंगोलले खदामालाले भव्य स्वागत गर्दै नेपालीहरुको वीरताको प्रतिक स्वरुप खुकुरी मायाको चिनु राजदुत ओगावालाई प्रदान गरेका थिए । अस्पतालको मेडिकल सुपरीटेन्डेन्ट समेत रहेका डा.बरालले जिल्ला अस्पतालको हाल रहेको भौतिक अवस्था, स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका जनशक्ति र स्वास्थ्य उपचारमा प्रयोग भैरहेका उपकरणहरुको वारेमा जानकारी गराएको थिए ।
सो अवसरमा आयोजित स्वागत तथा परिचायात्मक कार्यक्रमलाई सम्वोधन गर्दै नेपालका लागी जापानी राजदुत मासाशी ओगावाले आफ्नो नेपाल वसाईको ४ वर्षे अवधीमा जिल्ला अस्पताल धनकुटाको स्तर उन्नतीको लागी सक्दो सायोग गर्ने प्रविद्धता जनाए । उनले दमक अस्पताल झापालाई पनि २ अघिल्लो वर्ष २ करोड सहयोग गरेको स्मरण गराउँदै धनकुटालाई पनि सहयोग गर्ने वचन दिएका छन् । उनले जापानी दुतावासले १ करोडसम्मको सहयोगको लागी जापानको केन्द्र सरकारलाई अनुरोध गरिहनु नपर्ने सोझै सहयोग गर्न मिल्ने वताए । ओगावाले सहयोग गरिएको जानकारी केन्द्र सरकारलाई दिए पुग्ने वताएका छन् ।
धनकुटा अस्पताल विकास समितिका अध्यक्ष सुनिल डंगोलका अध्यक्षतमा सम्पन्न स्वागत तथा परिचायात्मक कार्यक्रममा जापानी राजदुतवासका कार्यक्रम संयोजक कावारी इमाई, सह–संयोजक सान्दो योसिकी र कार्यक्रम अधिकृत सिद्धार्थ श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकिय अधिकृत जितवहादुर श्रेष्ठ लगायतको पनि उपस्थिति रहेको थियो । सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष सुनिल डंगोलले राजदुत ओगाबालाई जिल्ला अस्पतालको तर्फबाट स्तरउन्नतीको लागी कार्यक्रम सहित तयार पारिएको प्रस्तावना हस्तान्तरण गरेका थिए । 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *