जीबसिम साहित्य प्रतिष्ठानद्धारा ३ जना पुरस्कृत, सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन मगर ‘पासाङ’ज्यूलाई पनि सम्मान ।

चैत्र २१, ब्रिजिखबर काठमाण्डौ।

मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७२, मालवरसिंह (एमएस) थापा झेंडी मगरलाई प्रदान गरिने भएको छ । जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७२, को पुरस्कार राशी २० हजार रुपैँया रहेको छ । नेपाल मगर संघ (तत्कालिन, नेपाल लाङ्घाली परिवार) संस्थापक केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मालवरसिंह (एमएस) थापा झेंडी मगर मगरका धरोहर, जातीय विभेदका विरोधी, आदिवासी जनजाति अभियन्ता, राजनीतिकर्मी र चर्चित पुस्तक प्राचिन मगर र अक्खा लीपि का लेखक हुनुहुन्छ । जीत बहादुर सिञ्जाली मगर साहित्य पुरस्कार २०७२ साहित्यकार प्रेम प्रकाश घर्ति मगरलाई प्रदान गरिने भएको छ । अठार मगर खाम भाषामा युङला रो–(मनको कुरा)–२०६५, कविता संग्रह प्राप्तिका समय–२०७३ र (भविष्यत्काल) निबन्ध संग्रहका लेखक उवा ७ रोल्पा निवासी प्रेम प्रकाश घर्तिमगरलाई सो पुरस्कार प्रदान गर्न लागिएको जीत बहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानद्धारा आज जारी विज्ञप्तीमा जनाइएको छ । उहाँ मगर भाषा तथा जातिका अभियन्ता पनि हुनुहुन्छ । जीबसीम पुरस्कार–२०७२ को पुरस्कार राशी ५५ हजार रुपैया रहेको छ । पुरस्कार राशी हरेक वर्ष ५ हजार रुपैयाको दरले बृद्धि गर्दै लगिएको पनि विज्ञप्तीमा जानकारी गराइएको छ ।

त्यसैगरी जीत बहादुर सींजालीमगर नवप्रतिभा साहित्य पुरस्कार–२०७२ हेमा आले मगर ‘बोगी’लाई प्रदान गर्ने निर्णय गरिएको छ । मगर भाषामा रीक्मा–२०६६ (मगर भाषाको गजल संग्रह), लर्पूmओ मिच्याट–२०७०(मगर भाषाको कथा संग्रह), बोपरा खुया– २०७१ (मगर भाषाको पहिलो बालकथा संग्रह)का लेखक बोगी मगरलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । प्रगतिनगर–८, नवलपरासीमा जन्मनु भई हाल कावासोती १७ निवासी ‘बोगी’ प्रतिभाशाली लेखक हुनुहुन्छ ।

जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०७२ को पुरस्कार राशी १० हजार रुपैँया रहेको छ । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनमगरलाई सम्मान गरिने कार्यक्रममा विजय हितान मगरको बागमती ब्लुज कविता संग्रह विमोचन गर्ने कार्यक्रम पनि रहेको छ । प्रतिष्ठानले मगर भाषा साहित्यमा उत्कृष्ट कृतिका श्रष्टा र मगर समाजमा योगदान पु¥याउने व्यक्तिलाई पुरस्कार सहित सम्मान गर्न लागेको जीत बहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानका अध्यक्ष साञ्जोग लाफा मगरद्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाईएको छ । यही चैत्र २७ गते आइतबारको दिन उपराष्ट्रपती कार्यालय कान्तीपथमा एक समारोहको विच पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ ।

 

 

मिति २०७३ चैत्र २० गते

प्रेश विज्ञप्ति

मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७२, मालवरसिं (एमएस) थापा झेंडी मगरलाई जीबसीम साहित्य पुरस्कार–२०७२, उवा–७, रोल्पा निवासी प्रेमप्रकाश घर्ति मगर ‘मायालु’ लाई र जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०७२, प्रगतिनगर–८, नवलपरासी निवासी हेमा आले मगर ‘बोगी’ प्रदान गर्ने निर्णय गरेको छ सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन मगर ‘पासाङ’ज्यूलाई पनि सम्मान गरिने छ । मगर भाषा साहित्यमा उत्कृष्ट कृतिका श्रष्टा र मगर समाजमा योगदान पु¥याउने व्यक्तिलाई पुरस्कृत सहित सम्मान गरिने भएकोले प्रेश विज्ञप्ति जारी गरिएको छ ।

जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७२, को पुरस्कार राशी रु. २०,०००÷– छ । नेपाल मगर संघ (तात्कालिन, नेपाल लाङ्घाली परिवार) संस्थापक केन्द्रीय सदस्य, पूर्व पूर्व मन्त्री मालवरसिं (एमएस) थापा झेंडी मगर, मगरका धरोहर, जातीय विभेदका विरोधी, आदिवासी जनजाति अभियन्ता र राजनीतिकर्मी र चर्चित पुस्तक प्राचिन मगर र अक्खा लीपि का लेखक हुन् ।

जीबसीम साहित्य पुरस्कार–२०७२ को पुरस्कार राशी रु. ५५,०००÷– छ । पुरस्कार राशी हरेक वर्ष रु. ५०००÷– ले बृद्धि गर्दै लगिएको छ । अठार मगर खाम भाषामा युङला रो–२०६५ (मनको कुरा), कविता संग्रह, प्रातिका समय–२०७३ (भविष्यत्काल) निबन्ध संग्रह लेखेका घर्ति मगर मगर जातिका अभियन्ता पनि हुन् ।

जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०७२ को पुरस्कार राशी रु. १०,०००÷– छ । मगर भाषामा रीक्मा–२०६६ (मगर भाषाको गजल संग्रह), लर्पूmओ मिच्याट–२०७०(मगर भाषाको कथा संग्रह), बोपरा खुया– २०७१ (मगर भाषाको पहिलो बालकथा संग्रह) लेखेका बोगी मगर प्रतिभाशाली लेखक हुन् ।

सञ्जोग लाफा मगर
(अध्यक्ष)

Leave a Reply

Your email address will not be published. Required fields are marked *