जोहोर मा मगर संघ ले मनायो माघे सकराटी

जोहोर, मलेसिया ।

भासा, संस्कृति र पहिचान स्थापित गर्न को लागि नेपाल मगर संघ मलेसिया ले बर्सेनि बिबिध कार्यक्रम गर्दै आई रहेको छ ! यसै सन्दर्भमा नेपाल मगर संघ, मलेसिया को क्षेत्रीय समिती जोहोर ले रास्टृय पर्ब माघे सकराटि विशेष सांस्कृतिक का साथ धुमधाम मनाईएकाे छ। नेपाल मगर संघ जाेहाेर क्षेत्रीय समितिका अध्यक्ष याम बलाल मगर ज्युकाे सभापतित्वमा नेपाल मगर संघ मलेसियाका केन्द्रीय अध्यक्ष पुस्मिता ढाडा मगर ज्युकाे प्रमुख अातिथ्यमा कार्यक्रम भब्य रुप मा सम्पन्न भएकाे छ। जाेहाेरका विभिन्न जातिय संस्था का प्रतिनिधि हरुकाे पनि बाक्लो उपस्थिति रहेकाे उक्त कार्यक्रममा मगर संघका ६० जना कलाकार हरुले अाअाफ्ना प्रस्तुति पस्कन सफल भए । कार्यक्रममा नेपालीपन झल्काउन अायाेजक समिति ले उपस्थित सम्पुर्ण सहभागीहरुलाई सेलरोटी ,अचार,तरुलका प्रकारहरु काे खाजा काे ब्यवस्था गरिएको थियाे। यश माघे सकराटी पर्व बिश्व भरी छरिएर बसेका नेपाली हरु ले विभिन्न तामझाम का साथ मनाई रहेका छन । बिशेष गरि मगर समुदाय लागाएत आदिबासिहरु ले मनाउने यश पर्व लाई रास्टृयरुप मा नै मनाउन थालिएको मगर अगुवा हरु भन्छन ।
मगर हरु को रितिरिवाज लोप हुँदै गैरहेको अबस्था मा यश को संरक्षण र सम्बर्दन गर्ने उधेश्यका साथ लागि परेका मगर समुदाय का श्रमिक हरु लाई अब राज्यले बेलै मा उचित सम्मान का साथ ध्यान दिनु पर्ने जोड आयोजक समिती ले बताएको छ।

Share
  • 13
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *