तमु ल्होसर बिदा कटौती बिषय अन्तकृया कार्यक्रम सम्पन्न

बुटवल । “सम्पूर्ण तमु गुरुङ्गहरु एक जुट हौं” भन्ने मुल नाराका साथ तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देहीको आयोजनामा तमु ल्होसर बिदा कटौती बिषयकमा प्रदेश ५ का सभासदज्युहरु सँग अन्तकृया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम्मा नेपाली कग्रेसका सभासद पुष्पा चौधरीज्यु बिशेष उपस्थितिमा भएको कार्यक्रममा तमुहरुको यो मागलाई सभासद चौधरीले प्रदेश सभामा उठाउने आस्वसन दिनु भयो । उक्त अन्तरकृया कार्यक्रम जिल्ला समितिका आध्यक्ष बिमला तमुज्युको सभापतित्व चलेको कार्यक्रम लाई सचिव ओम तमुले सन्चालन र उपाध्यक्ष राम तमुले स्वगत मन्तब्य राख्नु भएको थियो । तमुहरु को बाक्लो उपस्थिती रहेको कार्यक्रममा केन्द्रिय सदस्य जि यस तमुले आन्दोलनको महत्व बारे प्रकाश पार्नु भयको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *