तामाङ समाज बहराइनले मृगौला पीडित बज्र ध्वज तामाङ लाई आर्थिक सहयोग।

सोनम दोङ , मानमा बहराइन

काभ्रे पिन्थली निवासी दुबै मृगौला फेल बज्र ध्वज तामाङ लाई,बहराइन तामाङ सेवा समाजले उपचारर्थ रु १०००००/- ( एक लाख) आर्थिक सहयोग गरेका छन।   

गत मेइ ५ मा सम्पन्न समाज द्वारा आयोजित “समर डे आउट – २०१७”कार्यक्रम बाट संकलित आर्थिक रकम र बज्रध्वज बचाउ अभियान बहराइनका संयोजक तेनेराज दोङ तामाङको ब्यक्तिगत संकलनका साथै २५६१ औ बुद्ध जयन्तिको कार्यक्रममा मिलन वल तामाङ र अनुपा खडका को पहलमा राखिएको चन्दा बक्स र सेवारो नेपाली रेस्टुरेन्ट बाट संकलित रकम गरि सो आर्थिक सहयोग गरेका हुन।

दुबै मृगौलाले काम नगरेको र मृगौला पाए पनि आर्थिक अभाबका कारण प्रत्यारोपण गर्न कठिनाइ भोगिरहेकोले,प्रवासमा रहेका मनकारी नेपालीहरु बिच आर्थिक सहयोगको अपिल गरिएको हुनाले सेवा नै धर्म हो भन्ने संस्थाको मुल उधेस्य अनुरुप उक्त रकम सहयोग गरेको भनि समाजका अध्यक्ष श्रवन मिक्चन तामाङले जानकारी दिएका छन।

सहयोग समाजका संस्थापक अध्यक्ष गणेशमान तामाङ्ले हस्तान्तरण गरेका थिए।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *