तामाङ समाज मलेसिया ले १३ औं सोनाम ल्होछार को भब्य तयारी

चक्र घिसिङ तामाङ
मलेसिया ७ जनवरी । ‘संसार भरि छरिएर बसेका तामाङहरु एक हौं, हाम्रो भाषा, धर्म, संस्कृति, भेषभुषा र रितिरिवाजलाई जगेर्ना गरौं’ भन्ने मूल नारालाई आत्मासाथ गर्दै गत वर्षहरूमा झैं तामाङ समाज मलेसियाको आयोजनामा मञ्जुश्री सम्वत् २८५४ औं खिं नागि कुकुर वर्गा सोनाम ल्होछार भव्यताका साथ मनाउने अन्तिम तयारी भएको छ । फेब्रुअरी महिनामा पर्ने चाइनिज न्यु एयरको छुट्टीको अवसरमा पारेर मलेसियाको दुई मुख्य शहरहरुमा सोनाम ल्होछार विशेष सांगेतिक कार्यक्रम आयोजना गर्दै छ । १३ औं पटक सोनाम ल्होछार विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको तामाङ समाज मलेसिया निरन्तर तामाङ जातीहरुको रितिरिवाज र परम्परागत चालचलनलाई जगेर्ना गर्ने हेतुका साथ संगठित भएर लागि परेका छन् । तामाङ जातिको मुख्य चाडमा पर्ने सोनाम ल्होछार हरेक वर्षको माघ शुक्ल प्रतिपदाका दिन नेपाल, चिन, भारत, मलेसिया, भुटान, सिङ्गापुर, भियतनाम, जापान, लाओस, म्यानमार, थाईल्याण्ड र मङ्गोलिया लगायतका देशहरूमा भव्यताका साथ मनाईन्छ । सोनाम ल्होछारलाई तामाङ जातिहरुले नववर्षको रुपमा मनाउने चलन छ । यो वर्ष भने चरा वर्गलाई बिदाइ गरेर कुकुर वर्गलाई भित्र्याउदै छन् । तामाङहरुले मलेसियामा आफ्नो भाषा, धर्म, लिपि, रितिरिवाज, र संस्कृतिको प्रबर्द्धन,उत्थान तथा संरक्षण गर्न प्रत्येक वर्ष सोनाम ल्होछार मनाउने गरेका छन् । फ्रेबुअरी १६ तारिखका दिन गार्डेन होटेल बातुपाहात र १७ तारिखका दिन होटेल एरेना क्वालालम्पुरमा भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

धार्मिक लामा गुरुद्वारा पुजापाठ सहित ल्होछार मनाउने तयारी भइरहेको आयोजकले जानकारी दिएका छन् । नेपालबाट आमन्त्रित अतिथि कलाकारहरुको साथमा कार्यक्रममा संगित क्षेत्रमा ३ ओटा बिधामा विश्व कृतिमान राख्न सफल संगीतकार तथा गायक टीका बोम्जन तामाङको समेत सहभागी हुनेछ । त्यसैगरी चर्चित म्हेन्दोमाया गायक सुमन घले तामाङ, गायिका जितु लोप्चन तामाङ र गायिका सुस्मिता स्याङतान तामाङ लगायत कलाकारहरुले मनोरञ्जन दिनेछन् । साथै मलेसियामा रहेका १ दर्जनभन्दा बढि स्थानिय कलाकारहरुको पनि साङ्केतिक प्रस्तुति रहने जानकारी तामाङ समाज मलेसियाका महासचिव छेवाङ तामाङले दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *