तिलोत्तमा नगरपालिका रुपन्देही मा सात दिने उदघोसण तालिम जारी

बृजिखबर तिलोत्तमा ।

तिलोत्तमा नगरपालिका मा रहेका सम्पुर्ण महिला हरु को क्षमता अभिबृदी गर्ने उद्देश्य ले आज देखि सात दिने उदघोसण तालिम संचालन गरिएको छ ! उक्त तालिमका अध्यक्षता महिला समन्बय समितिका अध्यक्ष राधिका श्रीस ले गर्नु भएको थियो भने प्रमुख अथिती तिलोत्तमा नगर पालिका कार्यकारी प्रमुख मोहन पौड्याल ले गर्नु भएको थियो !  यसै गरि अथिति मा नागरिक सचेतना केन्द्रका शालिक राम पान्डे, आदिबासिजनजाती महासंघ नगरका अध्यक्ष शंकर गाहा उपस्थिती रहेको थियो । सात दिन सम्म निरन्तर चल्ने  कार्यक्रम मा प्रशिक्षक दिपु मगर ले तालिम दिनु हुनेछ ! पहिलो दिनको उदघाटन कार्यक्रम मा बोल्दै अध्यक्ष श्रीस ले महिला हरु को क्षमता अभिबृदी गर्न यस्तो कार्यक्रम राखिएको हो ! यस्तो बिबिध कार्यक्रम अब नगर मा निरन्तर हुने कुरा जानकारी गराउनु भयो ! नगर का महिला हरु को क्षमता अभिबृदी गर्न नगरपालिका सदैब हातेमालो गर्ने कार्यकारी प्रमुख ले बताउनु भयो । त्यसै तालिम मा सहभागिता हुनु भएका प्रशिक्षार्थी हरु ले आ आफ्नो भनाई राखेको थिए। उक्त उदघोषणा तालिममा स्थानिय महिलाहरु को बाक्लो उपस्थिती रहने र महिला हरु ले पूर्ण लाभ लिने आयोजक समिती को दाबी छ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *