दलित समुदायमाथि श्रृङ्खलाबद्ध रुपमा भएको घटना प्रति राष्ट्रिय दलित मोर्चाको गम्भीर ध्यानाकर्षण

२०७४ जेठ २९ गते ।

प्रेष विज्ञप्ति ।

विगत केही समयदेखि देशको विभिन्न ठाउँमा दलित समुदायमाथि श्रृङ्खलाबद्ध रुपमा हुने गरेका जातीय विभेद र दमनका घट्नाहरु ज्यादै खेदजनक भनिदै आएता पनि हालै कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका – ९ का निर्वाचित जनप्रतिनिधि मना सार्कीको हत्याको घट्ना प्रति हाम्रो संगठन राष्ट्रिय दलित मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।
विश्व २१औं शताब्दीको दोश्रो दशक पार गर्दैछ । हाम्रो मूलुकमा विद्यमान सबै खाले उत्पीडन र जातीय विभेदहरुबाट मुक्तिका लागि विगतमा भएका दश वर्षे जनयुद्ध, जनआन्दोलनमा दलित समुदायका एघार सय भन्दा बढी युवाहरुले जीवनको आहुति दिए । वर्तमानमा संयोग पनि त्यस्तै छ कि वर्गीय, जातीय, लैंगिक, धार्मिक एवं सामाजिक लगायतका सबै खाले उत्पीडनहरुबाट मुक्ति दिलाउने र सम्पूर्ण मानव जाति समानता पूर्वक बाँच्न पाउने समाजको निर्माण गर्ने सपना बाँडेको कम्यूनिष्ट पार्टी सर्वाधिकार हैसियतमा सत्तामा छ । तर दुःखको कुरा हो, सात दशक भन्दा लामो संघर्षको इतिहास बोकेको दलित समुदाय आज पनि चुल्हो छोएको, इनार छोएको, पानी छोएको, तथाकथित उपल्लो जातको केटी भगाएर लगेको निहुँमा दलित समुदायको मान्छे भएकै कारण कुटाई खाने र अपमान जनक व्यवहार सहनुका साथै ज्यानै गुमाउनु परीरहेको छ । तर पनि कथित परिवर्तनकारी ९एकल जातीय नश्लवादी, ब्रम्हाणवादी सोंचबाट ग्रसित० शासकहरुले दलित समुदायमाथि अपराध गर्ने अपराधीहरुलाई कुनै कानूनी कारवाही गर्नुको सट्टा मिलापत्रको नाममा उन्मुक्ति दिने कामले अपराधीहरुको मनोबल बढीरहेको छ । यसको ताजा उदाहरण माथि उद्धृत – हालै कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका – ९ का निर्वाचित जनप्रतिनिधि मना सार्कीको हत्याको घट्ना हो ।
यस्ता किसिमका जातीय विभेद एवं छुवाछुतका घट्नामा संलग्न जो कोहीलाई अविलम्ब कानूनको दायरामा ल्याई कडा भन्दा कडा सजाय हुनु जरुरी छ भन्ने हाम्रो संगठनको जोडदार माग रहेको छ । साथै यस्ता अक्षम्य घट्ना नेपाली समाजमा हुन नदिने प्रति नेपाल सरकारको गम्भीर ध्यानार्षण गराउन चाहन्छौं ।

हरिओम वि.के.

…………………..
(संयोजक)

Share
  • 29
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *