दिल बहादुर घर्ती तथा कुमार मगर को जीवन रक्षा को लागि मगर संघ मलेसियाको सहयोग अपिल

“दिल बहादुर घर्ती तथा कुमार मगर को जीवन रक्षा को लागि सहयोग अपिल”

मलेसिया ।

अादर्णिय मलेसिया रहनु भएका सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदिबहिनि हरु मा नेपाल मगर सङ्घ मलेसिया को तर्फबाट हार्दिक अभिवादन गर्दै रोल्पा जिल्ला रोल्पा नगरपालिका ९ निवासि दिल बहादुर घर्तिमगर बैदेसिक रोजगारको लागि साउदि अरव को majed al diabahi contracting est. मा काम गर्दै उनले चलाएको गाडि ले al doadmi भन्ने ठाउमा एक स्थानिय साउदि नागरिक लाई ठक्कर दिई मृत्यु भएको ले साउदि अरब को उच्च अदालत ले जीवन रक्षा को लागि २ लाख २५ हजार रियल बुझाउनु पर्ने फैसला गरिसकेको छ ।

त्यस्तै गोर्खा जिल्ला घरभई बैदेसिक रोजगारकै शिलशिला मा साधारण हेलपर को रुपमा साउदि गएका तर कम्पनि को जवरजस्तिले गाडि चलाई रहेका कुमार राना मगर को गाडि ले 24 aprill 2016 मा अफिमा भन्ने ठाउमा गाडि दुर्घट्ना हुन जादा एक स्थानिय साउदि नागरिक घाईते भएको बिषय लाई लिएर साउदि अदालत ले कुमार राना मगर को जीवन रक्षा को ( ब्लड मनि ) लागि २ लाख ९४ हजार रियाल बुझाउनु पर्ने फैसला गरेक‍ो छ ।

वहाँ हरु दुवै को घरायसि अबस्था अत्यन्त दयनिय रहेको त्यति ठूलो रकम निकाल्न नसकिने अबस्था ले वहाहरु को जहान बच्चा हरु ले अाफ्ना श्रिमान बुवा को जिवन रक्षा को लागि अार्थिक सङ्कलन को अपेक्षा गर्नु भए अनुसार नेपाल मगर सङ्घ मलेसिया तमाम मलेसिया भरि रहनु हुने मनकारि दाजु भाइ दिदी बहिनी हरु मा अाफुले सकेको सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौ तपाईं हाम्रो सानो सहयोग ले उनिहरुले पुनर्जिवन पाउने छन नावालक छोरा छोरी ले बाबा पाउने छन पाको भई सकेका का अामाले छोरा पाउनेछन । तसर्थ पनि हामी एक एक थ‍पा जम्मा गर्ने अभियान मा जुटौ , नेपाल मगर सङ्घ मलेसिया सबैमा हार्दिक अाग्रह गर्दछ । सङ्कलित रकम नेपाल स्थित कुमार रानामगर तथा दिल बहादुर घर्ती मगर बचाउ अभियान का मुल समिति हरुलाई पठाउने ब्यहोरा सबिनय जानकारि गराउदछौं । धन्यवाद+-++

Share
  • 21
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *