“नबिन राना मगर, एक साहासी ब्यक्ती हो” सफल यात्रा तथा आरोहणको कामना

चैत-२६, काठमाडौ । नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय समिती का अध्यक्ष कबिराज मगर को नेतृत्व मा युवा आरोरही नवीन राना मगर लाई एक कार्यक्रम गरि सफल यात्रा र सफल पर्बातोरहण को शुभकामना दिएका छन । उक्त शुभकामना कार्यक्रम मा आरोरही राना मगरलाई अर्थिक सहयोग सहित शुभकामना दिएर हौशला प्रदान गरेका छन । आफ्नो एक छोरा र जीवन साथिलाई घरमा छोडी मुटु माथी ढुंगा राखेर आज २३ वर्षको कलिलो राना मगर मृत्युलाई पनि बाजि मार्दै यात्रा गर्दै गरिएकोमा सम्पुर्ण महानुभावहरुले राना मगरको सफल यात्रा तथा आरोहणको कामना गरि दिनुहुन संघ को तर्फ देखि अपिल गरिएको अध्यक्ष मगरले बताए। सगरमाथा आरोहण गर्दै गरिएको मगरलाई बधाई तथा सफल आरोहणको शुभकामना सहित केही आर्थिक रकम हस्तान्तरण गरिएको थियो । जसमा नेपाल मगर सांस्कृतिक संघ मलेसियाले पनि रु.१००००/- रुपैया हस्तान्तरण गरियो । भर्खरै प्राप्त समचार अनुसार सहयोग अझै बढ्न सकिने जानकारि पनि दिए। यस्तो साहासी कदमका साथ सगरमाथा आरोहण गर्दै गरिएको खबर सामाजिक संजाल फेसबूक मार्फत जानकारि प्राप्त गरि सहयोग लिएर कार्यक्रममा पाल्नुहुने मगर महिला संघ काठमाडौ जिल्लाको सचिब मन्जु थापा मगर ज्युद्वार पनि रु.५१००/- रकम हस्तान्तरण प्रदान गरेका थिए। खालिङ राई प्रतिष्ठानले पनि लगभग ४८०००/- हस्तान्तरण गरेको थियो । आरोही रानामगर लाई अहिले सम्म रु दुईलाख भन्दा माथी जम्मा भैइसकेको संयोजक गंगा बहादुर थापाले जानकारी दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *