नवलपरासी बर्दघाट सुस्ता पुर्व गैडाकोटमा सवारी साधन दुर्घटना

कमला राना मगर, बैशाख २४

नवलपरासी बर्दघाट सुस्ता पुर्व गैडाकोटमा सवारी साधनको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गैडाकोटको अनुसार आज विहान अन्दाजी ७।४५ बजेको समयमा गैडाकोट नगरपालिका वडा नम्बर २स्थीत पुर्व पश्चीम महेन्द्र राजमार्गमा पुर्वबाट पश्चीम तर्फ आउदै गरेको ना ७ ख ६४०२ नम्बरको ट्रकले विपरीत दिशाबाट गइरहेको रिक्सालाइ ठक्कर दिदा रिक्सा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गैडाकोट नगरपालिका वडा नम्बर १५ अमरा पुरी बस्ने ३२ वर्षीये धन बाहादुर मगर को पुरानो मेडीकल कलेज मा उपचारको क्रममा आज दिउसो मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *