नवलपरासी बर्दघाट सुस्ता पुर्व नवलपुरको गैडाकोटमा सवारी साधन एकापस ठक्कर खादा एकजनाको घटना स्थलमै मृत्यु एक जना घाइते

कमला राना कावासोति चैत्र ३० शुक्रबार

नवलपरासी बर्दघाट सुस्ता पुर्व गैडाकोट नगरपालिकामा १२.३० बजेको समयमा सवारी साधन एकापसमा ठक्कर खादा एकजनाको घटना स्थलमै मृत्यु भएको छ भने एक ज ना घाइते भएका छन ।

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट नगरपालिका स्थीत कोटीहोम चोकमा पश्चीमबाट पुर्व तर्फ जादै गरेको बा ९१ प २६४६ नम्बरको मोटर साइकल र पुर्वबाट पश्चीम तर्फ आउदै गरेको एच आर ३८ डव्लु ०७६८ नम्बरको भारतिय ट्रक ठक्कर खादा मोटर साइकल चालकको घटना स्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटर साइकल चालक कैलाली जिल्ला बलिया वडा नम्बर ५ बस्ने २४ वर्षीय सुनिल धमला रहेका छन यसैगरी सोही मोटर साइकलमा सवार २६ वर्षीय लक्ष्मण नेपाल घाइते भएका छन ।

घाइतेलाइ पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको लागी पठाइएको र ट्रक तथा ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस जिसीले जानकारी दिनुभएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *